सर्लाहीमा महिलाको शव फेला
बुधबार, १४ साउन २०८२, १४ : ५३
सर्लाही । सर्लाहीको बागमती नगरपालिका वडा नम्बर १२ स्थित पर्यटकीय स्थल भरत तालमा एक महिलाको शव फेला परेको छ । बुधबार दिउँसो ती महिलाको शव फेला परेको हो ।
स्थानीयले तालमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक बलिस्टार सिंहले शव फेलाको खबरसँगै घटनास्थलमा प्रहरी टोली खटाइएको बताएका छन् ।
हरिवन इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक चन्द्र अधिकारीको नेतृत्वमा घटनास्थलमा प्रहरी टोली पुगेर तालबाट ती महिलाको शव निकालेको छ ।
महिलाको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शव शङ्कास्पद देखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण