यू–२० महिला एसियन कप छनोटमा सहभागी टोलीको बिदाइ
बुधबार, १४ साउन २०८२, १५ : २३
काठमाडौँ । भुटानमा हुने एएफसी यू–२० महिला एसियन कप छनोटमा सहभागी नेपाली महिला टोलीको बिदाइ गरिएको छ । बुधबार दशरथ रङ्गशालामा एन्फाले एक कार्यक्रमकाबिच टोलीको बिदाइ गरेकाे हाे ।
आउँदो अगस्ट ६ देखि ११ सम्म भुटानमा हुने प्रतियोगिताका लागि नेपाली टोली भुटान प्रस्थान गर्न लागेको छ । यही साता मात्रै यू–२० नेपाली महिला टोलीका मुख्य प्रशिक्षक याम प्रसाद गुरुङले नेपाली टोलीको घोषणा गरेका थिए ।
प्रतियोगितामा नेपाल रहेको समूह ‘ए’ मा दक्षिण कोरिया, भुटान र साउदी अरेबिया पनि छन् । साफ यू–२० च्याम्पियनसिप खेलेको टोलीबाट एक परिवर्तन गरिएको छ ।
झुमा विकको स्थानमा सजिना स्याङ्गतान टोलीमा समावेश छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण