बहादुरले बनाउन सकेनन् नयाँ मन्त्री, राजीनामा दिनेहरूको पद आफैँले राखे
काठमाडौँ। बागमती प्रदेश सरकार पुनर्गठन गरिएको छ । बुधबार मुख्यमन्त्री बहादुर सिंह लामा नेतृत्वको सरकार पुनर्गठन गरिएको हो । मुख्यमन्त्री लामाको सिफारिसमा आज प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।
मुख्यमन्त्री लामाले चार वटा मन्त्रालय आफैँसँग राखेर सरकार पुनर्गठन गरेका हुन् । मुख्यमन्त्री आफैँले हटाएका मन्त्रीहरूको ठाउँमा नयाँ मन्त्रीहरू नियुक्त नगरी आफैसँग राखेर सरकार पुनर्गठन गरेका हुन् । नेकपा एमाले बागमती प्रदेशको दबाबका कारण मुख्यमन्त्री लामाले नयाँ मन्त्रिहरु नियुक्त नगरेको बुझिएको छ ।
गत शुक्रबार मुख्यमन्त्री लामाले संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेलाई पदबाट बर्खास्त गरेका थिए ।
आफूलाई असहयोग गरेपछि मुख्यमन्त्री लामाले राजीनामा दिएको भनिएका मन्त्रीहरुलाई पदबाट हटाएका थिए । कांग्रेस संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री लामालाई हटाउने पहलस्वरुप मन्त्रीहरुले राजीनामा दिएका थिए ।
यद्यपि आज भएको कांग्रेस संसदीय दलको निर्वाचनमा मुख्यमन्त्री लामालाई पराजित गर्दै इन्द्र बानियाँ संसदीय दलको नेतामा निर्वाचित भइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण