मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

के राजेश पायलले रोज्छन् राजनीति ?

बिहीबार, १५ साउन २०८२, ०९ : २०
बिहीबार, १५ साउन २०८२

सारांश

  • गायक राजेश पायल राई र रेशम चौधरीको पृष्ठभूमि एउटै रहेको छ, दुवै संगीतबाट चिनिएका हुन्।
  • रेशम चौधरीले राजेश पायल राईलाई राजनीतिमा आउन प्रस्ताव राखेका छन्, सांसद र मन्त्री बनाउने समेत बताए।
  • राजेश पायल राईले रेशमको प्रस्तावलाई गम्भीरतापूर्वक लिएनन्, तर उनका फ्यानहरूले भने राजनीतिमा नजान सल्लाह दिए।

काठमाडौँ । लोकप्रिय गायक राजेश पायल राई र नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीको पृष्ठभूमि एउटै हो । यी दुवैले सङ्गीतबाट पहिचान बनाएका हुन् । राजेश पायल अहिले पनि साङ्गीतिक कर्ममा छन् भने चौधरीले सङ्गीतलाई पार्ट टाइम बनाएका छन् ।

यद्यपि, साङ्गीतिक क्षेत्रका यी दुई भिन्न व्यक्तित्वको अवस्था भने करिब–करिब उस्तै–उस्तै हुन पुगेको छ । गायक राईलाई उनी पूर्व श्रीमतीले हिंसाको आरोप लगाइरहन्छिन् भने चौधरीलाई उनकी धर्मपत्नी रञ्जिता श्रेष्ठले पार्टीमा अगाडि बढ्नबाट रोकेको आरोप लागिरहेको छ ।

यसैबिच, राजेश पायललाई रेशम चौधरीले राजनीतिमा आउनका लागि प्रस्तावमात्र राखेका छैनन्, उनले त गायक राईलाई सांसद बनाउने, उस्तै परे मन्त्री नै  बनाउनेसमेत बताएका छन् । 

चौधरीले यो कुरा एक कार्यक्रममा राईलाई भनेका हुन् । तर गायक राईले भने रेशमको उक्त कुरालाई गम्भीरतापूर्वक नलिई कुनै रमाइलो ठट्टाको रूपमा लिँदै हाँसीमात्र गरिरहे, कुनै उत्साह अथवा विरोध केहि देखाएनन् । तर रेशमले राजनीतिमा आउन गरेको प्रस्तावलाई राईका फ्यानले भने चासोका साथ हेरेका छन् । उनीहरुले राईलाई राजनीतिमा नआउन सल्लाह पनि दिएका छन् । फोहोरी राजनीतिमा आउनुभन्दा सुमधुर गायकीमै रमाउन राईका फ्यानले सुझाएका छन् । 

कतिले राजनीतिमा लागे भने उनको साङ्गीतिक करियरसमेत ध्वस्त हुनसक्छ भन्ने धारणा राखेका छन् । यस बिषयमा भने राईले केही बोलेका छैनन् । के राईले रोज्छन् राजनीति ? यो विषय धेरैको चासो र चर्चाको विषय बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप