पञ्चरुपा बचतका सञ्चालकहरू विरुद्धको अनुसन्धान अन्तिम चरणमा
सारांश
- सिनामंगलको पञ्चरुपा बचत तथा ऋण सहकारीका सञ्चालकहरू विरुद्धको अनुसन्धान अन्तिम चरणमा पुगेको छ।
- बचतकर्ताहरूले सहकारीका अध्यक्षसहित १० जनाविरुद्ध आपराधिक लाभलगायतका कसुरमा जाहेरी दिएका थिए।
- सञ्चालकहरूले ८८ करोड रकम अपचलन गरेको आरोप लागेको छ, जसमा केही फरार छन् र केहीको बयान लिइएको छ।
काठमाडौँ । काठमाडौँको सिनामंगलमा मुख्य कार्यालय रहेको पञ्चरुपा बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरू विरुद्धको अनुसन्धान प्रहरीले अन्तिम चरणमा पुर्याएको छ । बचतकर्ताहरूले २०८१ भदौ २ मा सहकारीका अध्यक्ष पुष्कल रिसालसहित १० जनाविरुद्ध जाहेरी दिएका थिए ।
बचतकर्ताहरूले उनीहरुविरुद्ध आपराधिक लाभ, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान गर्न जाहेरी दिएका हुन् । जाहेरवालाहरूले उपाध्यक्ष भुवन सापकोटा, सचिव पुरन रावल, कोषाध्यक्ष राकेश जाख्वा, सञ्चालकहरू पुष्पबावु पाण्डे, धिरेन्द्र बराल, मंगलबहादुर तामाङ, राजकुमार शाह र लेखा संयोजक पुण्यश्वरी प्रजापतिलाई प्रतिवादी बनाएका छन् ।
सहकारीका सञ्चालकहरूले ८८ करोड रकम अपचलन गरेको बचतकर्ताहरूको आरोप छ । सो सहकारीको सर्भिस काउन्टर पेप्सीकोला र कालिमाटीमा सञ्चालित थियो ।
सञ्चालकहरू मध्येका ४ जनासँग बयान लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए । अनुसन्धान पुरा गरेर प्रतिवेदन बुझाउने तयारी भइरहेको उल्लेख गर्दै बोहराले, ‘चार जनासँग बयान लिएका छौँ, अरू प्रतिवादीहरू फरार छन् ।’
अञ्जना विसुन्खेसहित १७ जनाले बचतकर्ताको रकम सहकारीका सञ्चालकहरूले निजी प्रयोगमा लगेर अपचलन गरेको जाहेरीमा उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण