महिला टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोट नेपालमा हुने
बिहीबार, १५ साउन २०८२, १५ : ०५
सारांश
- सन् २०२६ महिला टी-ट्वान्टी विश्वकपको ग्लोबल छनोट प्रतियोगिता नेपालमा हुने भएको छ।
- नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले छनोट प्रतियोगिता नेपालमा आयोजना गर्ने निर्णय गरेको छ।
- प्रतियोगितामा १० टोलीबीच प्रतिस्पर्धा हुनेछ, जसमा शीर्ष ४ टोलीले विश्वकपमा स्थान बनाउनेछन्।
काठमाडौँ । सन् २०२६ मा हुने महिला टी–ट्वान्टी विश्वकपका लागि ग्लोबल छनोट प्रतियोगिता नेपालमा हुने भएको छ । बिहीबार मूलपानीमा भइरहेको नेपाल क्रिकेट सङ्घ (क्यान)को बोर्ड बैठकले छनोट प्रतियोगिता नेपालमा आयोजना गर्नै जानकारी दिएको ।
प्रतियोगिताका लागि नेपालले यसअघि नै अप्रोच गरेको थियो । क्यानका उपाध्यक्ष रोशन श्रेष्ठले प्रतियोगिता नेपालमा गर्ने बताए । क्यानले राखेको अप्रोचलाई आईसीसीले सकारात्मक ढङ्गमा लिएर छनोट प्रतियोगिता नेपालमा गर्ने निर्णय गरेको बताए ।
नेपालमा हुने आयोजनामा १० टोलीबिच प्रतिस्पर्धा गर्नेछन् । प्रतिस्पर्धामा शीर्ष ४ टोलीले मुख्य विश्वकपमा स्थान बनाउनेछन् । विश्वकप सन् २०२६ को जुन १२ देखि जुलाई ५ सम्म इङ्ल्यान्ड र वेल्समा हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण