रञ्जिता पक्षका एक सांसदले दिए सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिएपछि विश्वासको मत लिएका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहलाई सोही पार्टीकै सांसदले विश्वासको मत दिएका छन् ।
बिहीबार बसेको प्रदेश सभाको छैठौं अधिवेशनको २० औँ बैठकमा विश्वसको मत लिएका शाहलाई नाउपाकै सांसद्ले विश्वासको मत दिएका हुन् ।
आजको प्रदेश सभा बैठकमा जम्मा उपस्थिति सांसद सङ्ख्या ४५ थियो । जसमा नेकपा माओवादीका १०, नेकपा एकीकृत समाजवादी पाटी तीन, राप्रपा १ र स्वतन्त्र १ जना गरेर १५ सांसदले शाहको विपक्षमा मत दिए ।
मुख्यमन्त्री शाहलाई नागरिक उन्मुक्तिकै सांसद कैलाश चाैधरीले विश्वासको मत दिएका थिए । मुख्यमन्त्रीलाई विश्वासको मत दिएका चाैधरी रञ्जिता श्रेष्ठ निकट सांसद हुन् ।
नागरिक उन्मुक्तिका अरु ६ जना सांसद भने बैठकमा अनुपस्थित थिए ।
कास्कीकाे लिचिघारी जग्गा हिनामिनाका लागि भएकाे घुस डिलमा श्रेष्ठ मुछिएपछि नागरिक उन्मुक्ति पार्टीमा विवाद बढ्दो छ । विवादकाबिच आज मात्रै पार्टीका संरक्षक रेशम चौधरीले श्रीमती श्रेष्ठलाई हटाएर बुबा लालवीर चौधरीलाई अध्यक्ष बनाएका छन् ।
नाउपाले संरक्षक चौधरीसहितको सक्रियतामा राष्ट्रिय भेला बोलाएर नयाँ अध्यक्ष चयन गरेको हो। यता श्रेष्ठले भने आफू नै पार्टी अध्यक्ष भएको जिकिर गर्दै आएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरण जोगाउनेलाई विराटनगरको सम्मान
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण