ट्रम्पले मेक्सिकोसँगको व्यापार सम्झौताको समय सीमा ९० दिन बढाए
बिहीबार, १५ साउन २०८२, २२ : २४
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले मेक्सिकोमाथि लगाइएको ट्यारिफ बढाउने निर्णयलाई ९० दिनको लागि स्थगित गरेका छन्।
- ट्रम्प र मेक्सिकोकी राष्ट्रपतिबीच ९० दिनभित्र व्यापार सम्झौता गर्ने सहमति भएको छ।
- सम्झौता नहुँदासम्म फेन्टानिल, गाडी, स्टील, एल्युमिनियम र तामामा ट्यारिफ यथावत् रहनेछ।
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोमाथि लगाइएको ट्यारिफ (कर) बढाउने निर्णयलाई हाललाई स्थगन गर्दै ९० दिनको समय थपेका छन्।
सामाजिक सञ्जाल ट्रुथ सोशलमार्फत जानकारी दिँदै ट्रम्पले भने, ‘मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शीनबामसँग टेलिफोन वार्ता भयो, जसमा ९० दिनभित्र व्यापार सम्झौता गर्ने सहमति भएको छ।’
उनका अनुसार जबसम्म सम्झौता हुँदैन, तबसम्म फेन्टानिलमा २५ प्रतिशत, गाडीमा २५ प्रतिशत र स्टील, एल्युमिनियम तथा तामामा ५० प्रतिशत ट्यारिफ यथावत् रहनेछ।
ट्रम्पले अमेरिका र मेक्सिकोबिचका व्यापारिक समस्या तत्काल समाधान गर्न दुवै पक्ष सहमत भएको जानकारी पनि दिएका छन्।
मेक्सिकोकी राष्ट्रपति शीनबामले एक्समार्फत प्रतिक्रिया दिँदै लेखेकी छन्, ‘अमेरिकी राष्ट्रपति ट्रम्पसँगको वार्ता सकारात्मक रह्यो।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण