काठमाडौँ महानगरद्वारा कुल २५ अर्ब बजेटमध्ये १३ अर्ब मात्रै खर्च (विवरणसहित)
सारांश
- काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा विनियोजित बजेटको आधा मात्र खर्च गरेको देखिन्छ।
- पुँजीगत खर्च कमजोर रहँदा चालु खर्च सन्तोषजनक देखिएको छ, र वडा ११ सबैभन्दा कम खर्च गर्नेमा परेको छ।
- वडा १२ ले बजेट खर्चमा उत्कृष्ट कार्यसम्पादन गरेको छ, र महानगरले आगामी वर्षको लागि नयाँ बजेट ल्याएको छ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजित कुल बजेटमध्ये करिब आधा मात्र खर्च गरेको तथ्याङ्कले देखाएको छ।
महानगरपालिकाले सार्वजनिक गरेको तथ्यांकअनुसार कुल २५ अर्ब ८६ लाख ५२ हजार रुपैयाँको बजेटमा १३ अर्ब ३ करोड ८५ लाख १७ हजार रुपैयाँ (५२.१३%) मात्र खर्च भएको हो।
तथ्याङ्कले महानगरको प्रशासनिक तथा चालु प्रकृतिका खर्च सन्तोषजनक रहे पनि विकास निर्माणसँग सम्बन्धित पुँजीगत खर्च भने कमजोर रहेको देखाएको छ। महानगरको कुल पुँजीगत बजेट १५ अर्ब ६ करोड ५६ लाख १ हजार रुपैयाँ रहेकोमा ६ अर्ब ७३ करोड ९३ लाख ९८ हजार (४४.७%) मात्र खर्च भएको छ। यसको तुलनामा चालु खर्च भने ६३.३ प्रतिशत (९ अर्ब ८२ करोड २० लाख ५० हजारमा ६ अर्ब २२ करोड ९१ लाख १८ हजार) देखिएको छ।
महानगरका ३२ वडाहरूमध्ये वडा नम्बर ११ ले सबैभन्दा कम गर्छ गरेको छ, जसले आफ्नो कुल १७ अर्ब ९८ लाख ८८ हजारको बजेटमा जम्मा २ करोड ६५ लाख ५७ हजार (१४.७६%) मात्र खर्च गर्न सकेको छ।
यसैगरी, कम खर्च गर्ने अन्य वडाहरूमा वडा नम्बर १ (३५.३४%), वडा नम्बर १६ (३६.७५%), र वडा नम्बर ८ (४२.९४%) रहेका छन्।
बजेट खर्चमा केही वडाहरूले भने उत्कृष्ट कार्यसम्पादन देखाएका छन्। वडा नम्बर १२ ले आफ्नो बजेटमा ८४.७१% खर्च गर्दै सबैभन्दा अगाडि रहेको छ।
बजेटको ठुलो रकम फ्रिज भएको महानगरपालिकाको चालू आर्थिक वर्ष २०८२/८३ को लागि पनि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट ल्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण