गोरखामा जडीबुटीबाट २० लाख राजस्व सङ्कलन
सारांश
- गोरखामा जडीबुटी सङ्कलनबाट गत आर्थिक वर्षमा २० लाख १६ हजार ४०४ राजस्व दाखिला भएको छ।
- मनास्लु क्षेत्रबाट ११ हजार ३९२ केजी जडीबुटी सङ्कलन तथा निकासीबाट १२ लाख ७० हजार ४१९ राजस्व सङ्कलन भयो।
- गत आवमा यार्सागुम्बाबाट १० लाख ८९ हजार ८९० राजस्व सङ्कलन भएको थियो।
गोरखा । जडीबुटी सङ्कलनबाट गोरखामा गत आर्थिक वर्षमा रु २० लाख १६ हजार ४०४ राजस्व दाखिला भएको छ । गत आव विभिन्न गाउँपालिकामा सङ्कलन तथा निकासी भएका ४६ हजार ९७४ केजी जडीबुटीबाट डिभिजन वन कार्यालय र मनास्लु संरक्षण क्षेत्र आयोजनाले उक्त रकम प्राप्त गरेका हुन् ।
मनास्लु क्षेत्रभित्र मात्र ११ हजार ३९२ केजी जडीबुटी सङ्कलन तथा निकासी भएको आयोजना कार्यालयले जनाएको छ । आयोजनाले रु १२ लाख ७० हजार ४१९ राजस्व सङ्कलन भएको जनाएको छ । गत आव ३४ दशमलव १९ केजी यार्सागुम्बाबाट रु १० लाख ८९ हजार ८९० राजस्व सङ्कलन भएको कार्यालयका प्रमुख सन्तोष शेरचनले बताए ।
मनास्लु क्षेत्रमा बुकीफूल, पदमचाल, रातोच्याउ, निर्मसी, टुकीफूल, टिमुर, धुपी, सुनपाती, सेतक्चिनी, गुलाफ, जिम्बु, चिराइतोलगायत जडीबुटीबाट राजस्व सङ्कलन गरिएको हो ।
गत आव मनासलु क्षेत्रबाहेकका अन्य वनक्षेत्रबाट सङ्कलित ३५ हजार ५८२ केजी जडीबुटीबाट डिभिजन वन कार्यालयले सात लाख रु ४५ हजार ९८५राजस्व सङ्कलन गरेको जनाएको छ । कार्यालयले सबैभन्दा धेरै जटामसीबाट रु तीन लाख ५६ हजार २५०सङ्कलन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण