सरकारले सातै प्रदेशमा युवाहरूका लागि सीप मेला र विकास तालिम सञ्चालन गर्ने
सारांश
- युवा तथा खेलकुद मन्त्रालयले सातै प्रदेशमा सीप मेला र विकास तालिम सञ्चालन गर्ने भएको छ।
- भक्तपुरमा ५० हजार सिट क्षमताको फुटबल रंगशाला निर्माण कार्य अघि बढाइनेछ ।
- सरकारले दोलखा, मुस्ताङ, जुम्ला र सोलुखुम्बुमा हाइ अल्टिच्युड ट्रेनिङ सेन्टर निर्माण गर्नेछ।
काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले चालु आर्थिक वर्षमा सातै प्रदेशमा युवाहरूका लागि सीप मेला र विकास तालिम सञ्चालन गर्ने भएको छ । आज मन्त्रालयमा आफूले एक वर्षमा गरेका कामहरू र आगामी रणनीतिबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले यस्तो बताएका हुन् ।
उनकाअनुसार सरकारले भक्तपुर जिल्लामा ५० हजार सिट क्षमता भएको फुटबल रङ्गशाला निर्माणको कार्य अघि बढाएको छ । अन्तर्राष्ट्रिय भलिबल कवर्डहल निर्माणका लागि काठमाडौं उपत्यकाभित्र जग्गा प्राप्तिको काम भइरहेको बताए ।
सरकारले दोलखा, मुस्ताङ, जुम्ला र सोलुखुम्बुमा हाइ अल्टिच्युड ट्रेनिङ सेन्टर निर्माण कार्य अघि बढाएको पनि बताए । मन्त्री चौधरीले नेपाल खेलकुद विज्ञान प्रतिष्ठानको कार्यविधि, २०८२ को मस्यौदा तयारी भएको बताए ।
युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट सहकारी संस्थामार्फत युवालाई स्वरोजगार बनाउन प्रवाह गरिएको ऋणमध्ये असुल गर्न बाँकी रहेको ऋण गत आर्थिक वर्षमा १ अर्ब ३१ करोड १४ लाख रुपैयाँ असुल गरेको जानकारी दिए ।
मन्त्री चौधरीकाअनुसार गत आर्थिक वर्षमा मन्त्रालयको पुँजीगततर्फ ५१ करोड ८८ लाख ३५ हजार रुपैयाँ विनियोजित बजेटमध्ये ३८ करोड ६० लाख ९८ हजार रुपैयाँ खर्च भएको छ ।
मन्त्रालयले गत आर्थिक वर्षमा ७४.४२ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण