सगरमाथा क्षेत्रबाट २५ बिरामीको हेलिकप्टरमार्फत उद्धार
सारांश
- सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले आर्थिक वर्षमा बिरामीको हवाई उद्धारमा ३६ लाखभन्दा बढी खर्च गरेको छ।
- गाउँपालिकाले २५ जना बिरामीलाई हेलिकप्टरमार्फत उद्धार गरेको र उनीहरूलाई काठमाडौँलगायतका अस्पतालमा पुर्याइएको थियो।
- खुम्बु क्षेत्रमा सडक यातायातको पहुँच नहुँदा गम्भीर बिरामीको उद्धारका लागि हेलिकप्टर नै एकमात्र विकल्प हो।
काठमाडौँ । सगरमाथा रहेको सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले गत आर्थिक वर्षमा आफ्नो क्षेत्रभित्रका बिरामीहरूको हवाई उद्धारमा ३६ लाख रुपैयाँभन्दा बढी खर्च गरेको छ ।
गाउँपालिकाले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार २५ जना बिरामीलाई आपत्कालीन अवस्थामा हेलिकप्टरमार्फत उद्धार गर्न उक्त रकम खर्च भएको हो ।
गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख अर्थिमाया तामाङका अनुसार आर्थिक वर्ष २०८०/८१ को अवधिमा हवाई उद्धारमा कुल ३६ लाख ७४ हजार ४ सय ८० रुपैयाँ खर्च भएको हो ।
गाउँपालिकाका अनुसार विभिन्न वडाहरूबाट बिरामीहरूलाई हेलिकप्टरमार्फत काठमाडौँ, लुक्ला र फाप्लुजस्ता स्थानमा रहेका अस्पतालसम्म पुर्याइएको थियो । भौगोलिक विकटताका कारण खुम्बु क्षेत्रमा सडक यातायातको सहज पहुँच छैन, जसले गर्दा गम्भीर बिरामी तथा आपत्कालीन अवस्थामा हेलिकप्टर नै उद्धारको एक मात्र विकल्प बन्ने गरेको छ ।
सेवाका लागि विभिन्न हेलिकप्टर कम्पनीहरूले उडान भरेका थिए, जसमा स्नो आइस ट्राभल एन्ड टुर्स, अल्टिच्युड एयर, एभरेष्ट हेली, कैलाश हेलिकप्टर, तारा एयर, एयर डाइनेस्टी, मनाङ एयर र माउन्टेन हेलिकप्टर्सलगायत छन् ।
कसलाई उद्धार गर्न कति लाग्यो खर्च ?


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण