जुलाईमा भित्रिए ७० हजार अन्तर्राष्ट्रिय पर्यटक, सात महिनामा ६ लाख ४७ हजार
काठमाडौँ । सन् २०२५ को जुलाई महिनामा नेपालले कुल ७० हजार १ सय ९३ जना अन्तर्राष्ट्रिय पर्यटकलाई स्वागत गरेको छ ।
यो सङ्ख्या अघिल्लो वर्षको जुलाई महिनाको तुलनामा ८.७ प्रतिशतले बढी हो । नेपाल पर्यटन बोर्डका अनुसार, महामारीपूर्वको अवस्था सन् २०१९ को अप्रिल महिनासँग तुलना गर्दा जुलाई २०२५ मा नेपालले पर्यटक आगमनमा ९९ प्रतिशत रिकभरी गरेको छ । यसले कोभिडपछिको अवरुद्ध पर्यटन क्षेत्रले पुनः लयमा आएको छ ।
सन् २०२५ को जनवरीदेखि जुलाईसम्मको पहिलो सात महिनामा नेपालमा कुल ६ लाख ४७ हजार ८ सय ८२ जना अन्तर्राष्ट्रिय पर्यटक आगमन भएको छ ।
जुन महामारीपछिको कुनै पनि वर्षको तुलनामा उच्चतम आगमन हो । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यो सङ्ख्याले नेपालको पर्यटन पुनरुत्थान र विश्वभर फेरि एकपटक लोकप्रिय गन्तव्यका रूपमा स्थापित हुँदै गएको देखाएको बताए ।
जुलाईमा कुल आगमनमध्ये सबैभन्दा बढी भारतबाट मात्रै २७ हजार १ सय ५२ जना अर्थात् ३८.७ प्रतिशत पर्यटक आएका छन् ।
दोस्रो स्थानमा चीनबाट ६ हजार ८ सय ९० जना (९.८ प्रतिशत), तेस्रोमा अमेरिकाबाट ६ हजार ६ सय २६ जना (९.४ प्रतिशत), बंगलादेशबाट ४ हजार ४ सय १३ जना (६.३ प्रतिशत) र बेलायतबाट ३ हजार ५ सय ४७ जना (५.१ प्रतिशत) पर्यटक नेपाल आगमन भएको छ ।
क्षेत्रीय विश्लेषण गर्दा दक्षिण एशियाली मुलुकहरूबाट सबैभन्दा बढी ३३ हजार ७ सय ८७ जना (४८.१ प्रतिशत) र छन् अन्य एशियाली मुलुकहरूबाट १३ हजार ५२ जना (१८.६ प्रतिशत), युरोपबाट ९ हजार २९२ जना (१३.२ प्रतिशत), अमेरिकाबाट १२ हजार ७७५ जना (११.१ प्रतिशत), ओसिनिया क्षेत्रबाट १ हजार ८ सय ७ जना (२.६ प्रतिशत), मध्यपूर्वबाट ८२६ जना (१.२ प्रतिशत), अफ्रिकाबाट ३१८ जना (०.५ प्रतिशत) र अन्य क्षेत्रबाट ३ हजार ३ सय २९ जना (४.७ प्रतिशत) पर्यटक आगमन भएको छ ।
बोर्डका सीईओ जोशीले भने,भिजिट नेपाल दशकअन्तर्गत सञ्चालन भइरहेका प्रवद्र्धनात्मक कार्यक्रम, निजी क्षेत्रको लगानी प्रवाह, र विविध पर्यटकीय उत्पादनहरूले पछिल्लो समय नेपालमा पर्यटक आकर्षण बढेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द
-
मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
निर्वाचन आयुक्तद्वय वाग्ले र सुब्बाको सुनुवाइ गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै
-
दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने
-
आज कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण