१० बजे १० समाचार : वाकयुद्धमा माधव-झलनाथ, बर्थडे मनाउँदा हिरासतमा चक्रे
काठमाडौँ । आज मिति २०८२ साल साउन महिनाको १६ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा ‘१० बजे १०’ समाचार लिएर आएका छौँ–
- माधव-झलनाथ खटपट
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच खटपट बढ्ने संकेत देखिएको छ । खनाल र नेपालबीच भिन्न मत र सहकार्यको सम्बन्ध रोचक र धेरै पुरानो पनि छ । झण्डै पाँच दशक पुरानो सम्बन्ध रहेका नेपाल र खनाल २०३२ सालमा अखिल नेपाल कोर्डिनेसन केन्द्र (कोके)कालकै संस्थापक मानिन्छन् ।
- स्थायी कमिटी बैठक
नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी भित्रको अन्तरविरोधलाई बाहिर लगेकोमा उपमहासचिव जनार्दन शर्मासँग असन्तुष्टि पोखेका छन् । शुक्रबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा एजेन्डा प्रस्तुत गर्दै प्रचण्डले शर्माको पछिल्लो गतिविधिबारे असन्तुष्टी पोखेका हुन् ।
- माओवादी समाजवादी एकता
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीसँगको एकता प्रक्रिया सकारात्मक भएको बताएका छन् । केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको स्थायी समिति बैठकमा पार्टी एकता प्रक्रिया सकारात्मक भएको ब्रिफिङ गरेका हुन् ।
- नेपाल-चीन सम्बन्ध
नेपाल–चीनबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको छ । तत्कालीन राजा महेन्द्रको पालामा सन् १९५५ मा नेपाल र छिमेकी मुलुक चीनबिच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।
- गण्डकीमा बहुवर्षीय योजना
सरकारैपिच्छे थपिने ठुला र बहुवर्षीय योजनाले गण्डकी सरकारको आर्थिक दायित्व अत्यधिक बढेको छ । खासगरी बहुबर्षीय, समपूरक र स्रोत सुनिश्चित गरिएका योजनाहरूको चाप बर्सेनि बढ्दो छ । हालसम्म बहुवर्षीय योजनाको संख्या ३ सय ३४ पुगेको छ ।
- सडक नबन्दा स्थानीयलाई सास्ती
बुटवल बेलबासदेखि रुपन्देहीको मायादेवी गाउँपालिकाको बेथरीसम्म २१ किलोमिटर सडक विस्तार काम सुरु भएको ९ वर्षमा पनि सम्पन्न हुन सकेको छैन ।
- सुदूरपश्चिमको राजधानी
सुदूरपश्चिम प्रदेशले स्थायी राजधानी पाएको आठ वर्ष बितिसक्दा पनि अस्थायी राजधानीबाटै प्रदेश सरकारले कार्यसम्पादन गर्दै आएको छ । स्थायी राजधानी तोकिएको गोदावरीमा अहिलेसम्म भौतिक संरचना निर्माण गरिएको छैन ।
- मन्त्री फेरबदल
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री बनेको एक वर्ष पुगेपछि मन्त्रीहरू फेरबदल गर्ने सार्वजनिक रूपमै बताउँदै आएका थिए । २०८१ असार ३० गते प्रधानमन्त्री नियुक्त भएका ओलीले भोलिपल्ट आफूले पद तथा गोपनीयताको शपथ लिने बेलामै २२ सदस्यीय मन्त्रिपरिषद् बनाएका थिए ।
- चक्रे मिलन
गुण्डा नाइके भनेर चिनिएका चक्रे मिलन उर्फ मिलन गुरुङसहित १९ जनालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला प्रशासनले अनुमति दिएको छ ।
- भूमि विधेयक
भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले संघीय सांसदको चौतर्फी विरोध झेल्दै आएका छन् । मन्त्री अधिकारीलाई प्रदेश र स्थानीय तहले भने साथ दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण