गाजामा मानवीय सङ्कट चरममा: संयुक्त राष्ट्रसङ्घ
सारांश
- गाजा सहरमा इजरायली सेनाको आक्रमणबाट राहत पर्खिरहेका प्यालेस्टिनीको ज्यान गएको छ।
- मे २०२५ यता राहत केन्द्र र सहायता गाडी चल्ने बाटोमा गरी १,३७३ जना मारिए, जसमा अधिकांश युवा र बालक थिए।
- मानवीय अधिकार संस्थाहरूले इजरायली सेनामाथि भोकलाई युद्धको हतियारको रूपमा प्रयोग गरेको आरोप लगाएका छन्।
गाजा । गाजा सहरमा इजरायली सेनाको आक्रमणका कारण राहत सामग्री प्राप्त गर्न पर्खिरहेका सयौँ प्यालेस्टिनी नागरिकको ज्यान गएको संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयले जनाएको छ । रिपोर्ट अनुसार, मे २७ सन् २०२५ यता मात्र करिब एक हजार ३७३ जना नागरिक मारिएका छन्, जसमा ८५९ जना अमेरिका समर्थित राहत केन्द्रको वरिपरि र ५१४ जना सहायता गाडी चल्ने बाटोमा मारिएका हुन् । यीमध्ये अधिकांश युवा र बालक छन्, जो आफ्ना परिवारलाई भोकमरीबाट बचाउन सङ्घर्षरत थिए ।
मानवीय अधिकार संस्थाहरूले इजरायली सेनामाथि भोकलाई युद्धको हतियारको रूपमा प्रयोग गरेको आरोप लगाएका छन्, भने राहत वितरण केन्द्रहरूमा दिनहुँजसो हुने हिंसाले गम्भीर मानवीय संकट सिर्जना गरेको उल्लेख गरिएको छ ।
यता, इजरायली सुरक्षाकर्मीहरूले राहत केन्द्रमा आफ्नो उपस्थिति वितरण सहज बनाउनका लागि मात्र भएको दाबी गरेका छन् । गाजाको अवस्था गम्भीर बन्दै जाँदा, अमेरिकी दूत स्टिभ विटकोफ र जर्मन विदेश मन्त्रीको इजरायली प्रधानमन्त्रीसँगको भेटमा बन्धकको सकुशल उद्धार र राहत पुर्याउनुपर्ने आग्रह पनि गरिएको छ ।
बाइस महिनादेखिको इजरायल–गाजा द्वन्द्वमा हालसम्म ६० हजार भन्दा बढी गाजावासीको मृत्यु भइसकेको जनाइएको छ र अहिले भने भोककै कारण मृत्यु हुन थालेको संयुक्त राष्ट्रसङ्घका निकायहरूले चेतावनी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण