देशमा भ्रष्टाचारले सीमा नाघ्यो: अध्यक्ष श्रेष्ठ
सारांश
- राजेन्द्र श्रेष्ठले देशमा भ्रष्टाचारले सीमा नाघेको बताए।
- उनले प्रधानमन्त्री ओलीप्रति लक्षित गर्दै भ्रष्टाचारीलाई कारबाही नभएको टिप्पणी गरे।
- श्रेष्ठले निर्वाचन प्रणाली र मन्त्रीहरूको नीतिगत निर्णयका कारण भ्रष्टाचार बढेको बताए।
काठमाडौँ । जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठले देशमा भ्रष्टाचारले सीमा नाघेको बताएका छन् । आज काठमाडौँमा जनता समाजवादी पार्टीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार उन्मुलन गर्न जरुरी रहेको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै उनले भ्रष्टाचारीको आँखै हेर्दिन भन्ने गरेपनि त्यसअनुसार काम अघि बढ्न नसकेको टिप्पणी गरे । उनले भ्रष्टाचार बढ्नुको मुख्य कारण निर्वाचन प्रणाली रहेको बताए ।
करोडौँ पैसा खर्च गरेर निर्वाचन जित्ने र त्यसपछि मन्त्री, मुख्यमन्त्री, सांसद, पालिका प्रमुख, वडा अध्यक्ष भएर असुल्ने प्रवृत्तिका कारण भ्रष्टाचार मौलाइरहेकोले उनले बताए । मन्त्रीहरूले नीतिगत निर्णयमा हस्ताक्षर गर्ने कारण पनि भ्रष्टाचार बढेको उनको निष्कर्ष छ ।
अध्यक्ष श्रेष्ठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीप्रति लक्षित गर्दै अहिले फलानो राजनीतिमा आउनु हुन्छ की हुँदैन भन्नेमा बहस भइरहेको उनले बताए । एउटा नेता परिवर्तन हुने कुराले खासै फरक नपार्ने भन्दै श्रेष्ठले अहिलेको संसदीय व्यवस्थाअनुसार पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आउन नमिल्ने उनले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण