क्यानभासमा पोतियो मुस्ताङको ऋषि गुम्बा
सारांश
- प्राज्ञ नगेनसिंह ठकुरीले मुस्ताङको मार्फास्थित ऋषि गुम्बालाई क्यानभासमा उतारेका छन्।
- उनले नेपाललाई उत्कृष्ट गन्तव्य बनाउन विभिन्न ठाउँका ऐतिहासिक सम्पदालाई कलामार्फत उजागर गर्दैछन्।
- उनको योजना नेपाल कला यात्रा पुस्तक विश्वका सबै भाषामा प्रकाशन गरी पर्यटक बढाउने छ।
पोखरा । नेपाललाई विश्वको उत्कृष्ट गन्तव्य बनाउने महाअभियानका साथ देशका विभिन्न ठाउँमा पुगेर चित्रकला सिर्जना गर्दै आएका प्राज्ञ नगेनसिंह ठकुरीले मुस्ताङको मार्फास्थित ऋषि गुम्बालाई क्यानभासमा उतारेका छन् ।
ठकुरीले आफ्नो त्रिकोण क्यानभासमा थकाली जातिको भगवान मानिने ऋषि गुम्बा उतारेका हुन् । बहु विविधताले सजिएको नेपाल आफैँमा सम्भावना बोकेको क्षेत्र भए पनि यसको उजागर गर्न नसकिएको वास्तविकतालाई दृष्टिगत गर्दै कलाका माध्यमबाट यसको गरिमा र महिमालाई उँचो बनाउन तत्तत् ठाउँमा पुगेर कला सिर्जना गर्ने महाअभियानका साथ ऋषि गुम्बा समेटिएको उनले जानकारी दिए ।
देशका विभिन्न स्थानका सौन्दर्ययतालाई कलामा उतार्दै नेपाल कला यात्रा पुस्तक प्रकाशन गर्ने योजना रहेको उनले बताए । उनले हालसम्म ७७ जिल्लाका झन्डै १५० बढी ऐतिहासिक सम्पदास्थललाई क्यानभासमा उतारेका छन् ।
नेपाल कलायात्रा पुस्तक विश्वको सबै भाषामा प्रकाशन गर्ने लक्ष्य उनको छ । ‘यो पुस्तक हरेक देशको विश्वविद्यालय र पुस्तकालयमा सोही देशको मातृभाषामा कम्तीमा पाँच सय प्रति निःशुल्क वितरण गर्ने योजना छ’, उनले भने, ‘यी पुस्तकको स्वअध्ययन गरेर नेपाल घुम्न आउने विदेशी पर्यटकहरूको सङ्ख्या वृद्धि भई त्यसबाट नेपालको पर्यटन फस्टाउने र आर्थिक समुन्नतितर्फ जाने विश्वास लिएको छु ।’
उनी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको २०७१ मा प्राज्ञ सभा सदस्य, २०७४ स्वर्ण पदक, अरनिको युवा पुरस्कार (राष्ट्रिय युवा कोष), २०६९ दोस्रो राष्ट्रिय ललितकला प्रदर्शनी, नाफा (पश्चिमाञ्चल क्षेत्रीय पुरस्कार), २०५९ सान्त्वना पुरस्कार पेन्टिङ प्रतियोगिता, नेपाल कर्मसियल आर्टिष्ट सङ्घ, केन्द्रीय समिति, राष्ट्रपतिद्वारा प्रबल जनसेवाश्री मानपदवी द्वारा २०८० वैशाख १ गते विभूषित र दर्जनौँ पटक सम्मानित भइसकेका छन् । कला विषयमा स्नातकोत्तर गरेका उनले १२ औँ पटकसम्म एकल कला प्रदर्शनी गरेका छन् ।
यस महाअभियानमार्फत नेपाल कला यात्रा पुस्तक प्रकाशनार्थ स्वैच्छिक रूपमा जनही रु एक सय एवं सोभन्दा बढी सहयोग गर्नेहरू रहेको जानकारी दिए । सहयोगदाताहरू नेपाल कला यात्रा पुस्तकको प्रकाशकका रूपमा रहने बताउँदै उनले हालसम्म रु एक लाख ६० हजारभन्दा बढी सहयोग सङ्कलन भइसकेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण