वर्षा
म्याग्दी र रुकुम पश्चिमका नदीहरूमा जल स्तर बढ्दो, डुबान र पहिरोको जोखिम
सतर्कता अपनाउन आग्रह
आइतबार, १८ साउन २०८२, ०० : १६
सारांश
- जल तथा मौसम विज्ञान विभागले दुई जिल्लाका नदीमा पानीको सतह बढेको जनाएको छ।
- म्याग्दी खोला र ठुलो भेरी नदीमा जलस्तर सतर्कता तह पार गरेकोले सतर्क रहन आग्रह छ।
- विभागले जोखिमपूर्ण क्षेत्रका बासिन्दालाई बिहानसम्म सुरक्षित रहन अपिल गरेको छ।
काठमाडौँ । देशका दुई जिल्लाका नदीहरूमा पानीको सतह सतर्कता तह नाघ्दै गएकाले जोखिमपूर्ण क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।
म्याग्दी जिल्लाको मंगलाघाट जल मापन केन्द्रमा म्याग्दी खोलाको जल स्तर सतर्कता तह पार गर्दै थप बढिरहेको विभागले जनाएको छ। शनिबार राती ११ः४० बजे एक सूचना जारी गर्दै विभागले नदी तटीय क्षेत्रका साथै भिरालो र कमजोर जमिनमा बसोबास गर्नेहरूलाई पहिरोको जोखिमबाट जोगिन सावधानी अपनाउन भनेको छ ।
यस्तै, रुकुम पश्चिम जिल्लामा अवस्थित रिम्ना जल मापन केन्द्रमा ठुलो भेरी नदीको जल स्तर पनि सतर्कता तहको आसपासमा पुगेको र निरन्तर बढ्दो क्रममा रहेकाले डुबानको सम्भावना उच्च रहेको विभागले जनाएको छ।
विभागले दुवै स्थानका बासिन्दालाई कम्तीमा बिहानसम्म जोखिमपूर्ण क्षेत्रबाट टाढा रहन अपिल गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी उपराष्ट्रपति भान्सलाई पुत्रलाभ, बने चौथो सन्तानको पिता
-
स्पेनसँग पराजित भएपछि मेस्सीको प्रतिक्रिया, ‘उनीहरू हामीभन्दा उत्कृष्ट थिए’
-
अविरल वर्षा र पहिरोले देशका विभिन्न भागमा मुख्य राजमार्ग अवरुद्ध, कतिपय सडक पूर्ण ठप्प
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
बर्डफ्लुका कारण २७ दिन चिडियाखाना बन्द हुँदा तीन करोड घाटा
-
घरजग्गा कारोबार : कुन महिनामा कति उठ्यो राजस्व ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण