वर्षा
भक्तपुरको हनुमन्ते खोलामा जल स्तर बढ्दो, नदी किनार आसपास सतर्कता अपनाउन अनुरोध
आइतबार, १८ साउन २०८२, ०० : ३२
सारांश
- भक्तपुरको हनुमन्ते खोलाको जलस्तर सतर्कता तहको आसपास पुगेको छ।
- कौशलटारस्थित जल मापन केन्द्रका अनुसार खोलाको पानीको सतह बढ्दो क्रममा छ।
- जल तथा मौसम विज्ञान विभागले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।
काठमाडौँ । भक्तपुर जिल्लाको हनुमन्ते खोलाको जल स्तर सतर्कता तहको आसपास पुगेको छ। कौशलटारस्थित जल मापन केन्द्रका अनुसार आइतबार बिहान १२ः२५ बजे प्राप्त तथ्याङ्क अनुसार खोलाको पानीको सतह बढ्दो क्रममा रहेको हो।
जल तथा मौसम विज्ञान विभागले नदी तटीय क्षेत्रमा बसोबास गर्ने तथा नदी किनार हुँदै यात्रा गर्ने नागरिकहरूलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ। विभागले सम्भावित डुबान र आकस्मिक बाढीको जोखिमलाई मध्यनजर गर्दै बिहानसम्मै आवश्यक सावधानी अपनाउन सबैलाई आग्रह गरेको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण