वर्षा
डोल्पाको ठुली भेरी नदीमा जल स्तर सतर्कता तह पार, नदी किनारमा सतर्कता अपनाउन अनुरोध
आइतबार, १८ साउन २०८२, ०४ : ३५
सारांश
- डोल्पाको त्रिपुराकोट जल मापन केन्द्रमा ठुली भेरी नदीको जलस्तर सतर्कता तह पार गर्दै बढेको छ।
- जल तथा मौसम विज्ञान विभागले नदी तटीय क्षेत्रका बासिन्दालाई बाढीको जोखिमबाट जोगिन आग्रह गरेको छ।
- नदी किनार आसपासका होचा भूभागमा डुबानको सम्भावना रहेकाले उच्च सावधानी अपनाउन अनुरोध छ।
डोल्पा । डोल्पा जिल्लास्थित त्रिपुराकोट जल मापन केन्द्रमा ठुली भेरी नदीको जल स्तर सतर्कता तह पार गर्दै बढ्दो क्रममा पुगेको छ। आइतबार बिहान ४ः०५ बजे प्राप्त जानकारी अनुसार नदीको पानीको सतह निरन्तर बढिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागले नदी तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दालाई सम्भावित बाढीको जोखिमबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी नदी किनार आसपासका होचा भू–भागमा डुबानको सम्भावना रहन सक्ने भएकाले बिहानसम्म उच्च सावधानी अपनाउन अनुरोध गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण