सङ्घीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान आजदेखि
आइतबार, १८ साउन २०८२, ०८ : ४७
सारांश
- सङ्घीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान आजबाट काठमाडौँमा सुरु हुँदैछ।
- मोर्चाले काठमाडौँ, भैरहवा लगायतका विभिन्न शहरहरूमा जनजागरण अभियान सञ्चालन गर्नेछ।
- कार्यक्रममा मोर्चाका शीर्ष नेताहरूले मोर्चाको आवश्यकता र औचित्यबारे प्रस्ट पार्नेछन्।
काठमाडौँ । सङ्घीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान आजदेखि सुरु हुने भएको छ । ‘वर्तमान राजनीतिक अवस्थाबारे जनजागरण अभियान’ काठमाडौँ कालिकास्थानमा हुन लागेको जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।
मधेस केन्द्रित ७ दलको मोर्चाले काठमाडौँ, भैरहवा, नेपालगञ्ज, कैलाली, विराटनगर, राजविराज, जनकपुर र वीरगन्जमा जनजागरण अभियान गर्न लागेको छ ।
कार्यक्रममा मोर्चाका शीर्ष नेताहरूले सङ्घीय लोकतान्त्रिक मोर्चा गठनको आवश्यकता र औचित्यबारे प्रस्ट पार्ने बस्नेतले बताए ।
कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन मोर्चा सम्बद्ध दलहरू आवश्यक तयारीमा जुटेको र जसपा नेपालले ८ स्थानको कार्यक्रममा सहभागी हुने नेताहरूको टुङ्गो समेत लगाइसकेको बस्नेतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण