संरक्षित पक्षीको सिकार गरे अब एक वर्षसम्म कैद
सारांश
- सरकारले संरक्षित पक्षीको सिकार गर्दा हुने सजाय बढाएको छ।
- राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ मा संशोधन गरिएको छ।
- संशोधित ऐनले जरिवाना र कैद सजाय दुवै बढाएको छ।
काठमाडौँ । सरकारले संरक्षित पक्षी सिकार गर्दा हुने सजाय बढाएको छ । केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमार्फत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ मा संशोधन गर्दै यस्तो व्यवस्था गरिएको हो ।
यसअघि यस्ता संरक्षित पक्षीको सिकार गरी मारेमा वा घाइते १५ हजार रुपैयाँदेखि तीस हजार रुपैयाँसम्म जरिवाना तथा तीन महिनादेखि ९ महिनासम्म कैद सजायको व्यवस्था थियो ।
संशोधित ऐन अनुसार २० हजारदेखि ५० हजारसम्म जरिवाना वा ६ महिनादेखि एक वर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था गरिएको छ ।
आरक्ष क्षेत्रमा अनुमति नलिई संरक्षित बाहेकका पक्षीको सिकार गर्दाको सजाय भने घटाइएको छ । यसअघि २० देखि ५० हजार रुपैयाँसम्म जरिवाना र ६ देखि १ वर्षसम्म कैदको व्यवस्था रहेकोमा यसलाई घटाएर १५ देखि ३० हजार रुपैयाँसम्म जरिवाना र तीनदेखि ९ महिनासम्म कैद सजायको व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण