कार्की अन्तर्राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्घको सहअध्यक्ष निर्वाचित
आइतबार, १८ साउन २०८२, १२ : १३
सारांश
- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का हिक्मतजंग कार्की अन्तर्राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्घको सहअध्यक्षमा निर्वाचित भए।
- अमेरिकाको नेसभिलमा भएको बैठकमा ३९ देशका प्रतिनिधिले भाग लिएका थिए।
- अष्ट्रियाकी इभा डोहोलेभा सङ्घको अध्यक्षमा निर्वाचित भइन्।
पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य हिक्मतजंग कार्की अन्तर्राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्घको सहअध्यक्षमा निर्वाचित भएका छन् । अमेरिकाको नेसभिल सहरमा सम्पन्न सङ्घको परिषद् बैठकबाट उनी सर्वसम्मत रूपमा चयन भएका हुन् ।
नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा ३९ देशका सदस्य दलका प्रतिनिधिहरूले भाग लिएका थिए । सङ्घको अध्यक्षमा अष्ट्रियाकी इभा डोहोलेभा निर्वाचित भएकी छिन् ।
महासचिवमा ग्रीसका ओरेस्टिस, कोषाध्यक्षमा अस्ट्रेलियाका प्रतिनिधि र सह–महासचिवमा अमेरिकाका प्रतिनिधि चयन भएका छन् । विश्वभरका उदारवादी–लोकतान्त्रिक पार्टीहरूको अन्तर्राष्ट्रिय सञ्जालका रूपमा अन्तर्राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्घ गठन भएको थियो । उक्त संस्थामा नेपालबाट राप्रपाले मात्र प्रतिनिधित्व गर्छ । कार्की यसअघि सोही सङ्घको उपाध्यक्ष थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण