बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा यी हुन् लञ्च हुने नयाँ गाडी

आइतबार, १८ साउन २०८२, १४ : १६
आइतबार, १८ साउन २०८२

काठमाडौँ । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ आगामी बिहीबार देखि सुरु हुँदै छ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा)ले काठमाडौँको भृकुटीमण्डपमा यही साउन २१ देखि २५ गतेसम्म ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ आयोजना गर्न लागेको हो । 

नाइमाले एक्स्पोको तयारीका लागि स्टलहरू बनाउने काम थालनी गरेको छ । नाइमाले एक्स्पोको स्टल संरचना व्यवस्थित हुने बताएको छ । त्यही अनुसार शुक्रबारदेखि स्टल बनाउने काम सुरु भएको हो ।  

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५ वटा नयाँ सवारीसाधन नाइमा नेपाल मोबिलिटी एक्स्पोमा लञ्च गर्ने तयारीमा गरिएको छ ।एक्स्पो नजिकिएसँगै विभिन्न कम्पनीहरूले विभिन्न ब्रान्डका सवारीसाधन नाइमा लञ्च गर्ने छन् ।  

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा चारपांग्रेतर्फ बीवाइडी, एमजी,हुन्डाई, केई, टोयोटा, किया, लीपमोटर, सिट्रोन, फोरर्थिङ, ओमोडारजेको, ग्रेटवाल मोटर्स, हेनरी भोल्टास, एलईभी १, महिन्द्रा, म्याक्सस, माज्दा, मित्सुविशी, निसान, प्युजो, प्रोटोन, रेनो, जीकर ब्रान्ड र फस्कवागेन देख्न पाइने नाइमाले जनाएको छ । 

नाइमाका अनुसार दुई पांग्रेतर्फ होन्डा, सुजुकी,  एम्पियर, केटीएम, महिन्द्रा, एनआइयू, रेभोल्ट, बजाज, बेनिली, सेगवे–नाइनबोट, ट्रइम्फ, टीभीएस, अल्ट्राभ्वाइलेट, याज्दी एथर,सीएफ मोटो, गोगोरो, रोयल इन्फिल्ड र जीहो प्रदर्शनीमा राखिने छन् । त्यस्तै, कमर्शियलतर्फ डोङफेङ, फारिजोन, हाउजी, कामा, कारी, किङलोङ चेरी वान्डा, र सनलङलाई पनि प्रदर्शनीमा देख्न पाइनेछ ।

पार्किङ सुविधा, पठाओसँगको राइड पार्टनर, स्टलको आकार र व्यवस्थापन सबै हिसाबमा यो एक्स्पो निकै व्यवस्थित र सहज किसिमको हुने दाबी नाइमाले पत्रकार सम्मेलन गर्दै जनाइ सकेको छ । एक्स्पोमा राइड पार्टनर पठाओले भृकुटीमण्डप गन्तव्य भएका राइडहरूमा ३० प्रतिशतसम्म छुट प्रदान गर्नेछ । 

एक्स्पोमा लन्च हुने यी हुन् नयाँ गाडी

फोर्थिङ ईभी’

लक्ष्मी ई–मोबिलिटीले चीनको विद्युतीय सवारी ब्रान्ड ‘फोर्थिङ’ पनि नाइमा मोबिलिटी एक्स्पोमा लन्च गर्ने भएको छ । 

फोर्थिङ ब्रान्डले नेपालमा प्रिमियम इलेक्ट्रिक एसयूभीसँग आफ्नो सुरुवात औपचारिक सुरुवात गर्न लक्ष्मी ग्रुपले जनाएको छ । 

‘क्यारी’को इलेक्ट्रिक भ्यान

नाइमा मोबिलिटी एक्सपोमा ‘क्यारी’ ब्राण्डका दुई नयाँ विद्युतीय भ्यानहरू सार्वजनिक हुने भएका छन्। लक्ष्मी ग्रुप अन्तर्गतको एलएक्सजी मोटर्स प्रालिले चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘क्यारी’ नेपाली बजारमा ल्याउने भएको छ । 

क्यारी ब्राण्ड अन्तर्गत केभान १ र केभान २ भेरिएन्टका इलेक्ट्रिक भ्यान लन्च गर्न लागिएको कम्पनीले जनाएको छ ।

हेनरी भोल्टसको मोडल सी–प्रो

नेपालका लागि हेनरी भोल्टस इलेक्ट्रिक गाडी आयातकर्ता तथा वितरक एस क्युब इन्टरप्राइजेज प्रालिले यो मोडल प्रदर्शनीमा राख्न लागेको छ । 

मोबिलिटी एक्स्पोमा हेनरी भोल्टसको सी–प्रो मोडललाई पनि अवलोकनकर्ताले देख्न पाउनेछन् । 

‘एलईभी ०५’ र ‘एलईभी एक्स’

नाइमा अटो शोमा एलएस अटोको आधिकारिक वितरक नेक्सन भेन्चर प्रालिले नेपाल भित्र्याएको ‘एलईभी ०५’ र ‘एलईभी एक्स’ दुई नयाँ मोडेल लन्च गर्न लागेको छ । 

महिन्द्राको बीई–६ र एक्सईभी–९ ई

नेपालका लागि महिन्द्राको आधिकारिक वितरक अग्नि ग्रुपले अन्तर्गतको अग्नि इनर्जीले नाइमा अटो एक्स्पोमा महिन्द्राका दुई गाडी बीई–६ र एक्सईभी–९ई पनि प्रदर्शनमा गर्न लागेको हो । 

म्याक्सस मिफा–७

चीनको प्रख्यात एसएआईसी मोटर ग्रुप अन्तर्गतको म्याक्सस ब्रान्डको यो गाडी नेपालका लागि म्याक्ससको आधिकारिक वितरक हिमालय मोट्रक्सले प्रदर्शनीमा राख्नेछ । नाइमा मोबिलिटी एक्स्पोमा म्याक्सस मिफा ७ एमपीभी विद्युतीय कार पनि लन्च हुनेछ । 

लिपमोटरको इलेक्ट्रिक एसयूभी ‘बी १०’

नाइमा अटो एस्पोमा लिपमोटरको इलेक्ट्रिक एसयूभी ‘बी १०’ प्रदर्शनमा देख्न पाइनेछ । भर्खरै मात्र नेपाल भित्रिएको यस गाडीको मूल्य मध्यम रेन्जको हुने बताइएको छ । 

‘जेइको जे–५’

एसपीजी अटोमोबाइल्सले भित्र्याएको पूर्ण विद्युतीय प्रिमियम एसयूभी ‘जेइको जे–५’ पनि एक्स्पोमा देख्न पाइनेछ ।सञ्चालन हुने एसयूभीले एकै चार्जमा ४०२ किलोमिटरको डब्लुएलटिपी सर्टिफाइड रेन्ज दिनेछ ।

त्यस्तै, दुई पाङग्रे तर्फ पनि केही कम्पनीले नयाँ स्कुटर र मोटरसाइकल लन्च गर्ने तयारी गरेका छन् । 

फ्यामिली स्कुटर एथर ‘रिज्टा’ लन्च हुने भएको छ । एथरको नेपालका लागि आधिकारिक वितरक वैद्य इनर्जीले नयाँ स्कुटर एथर रिज्टा सार्वजनिक गर्न लागेको जनाएको छ । 

केटीएमले मोबिलिटी एक्स्पोमा मोटरसाइकलको नयाँ अपडेट भर्सन सार्वजनिक गर्ने तयारी गरेको छ ।नेपालका लागि केटीएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले नेपालमा अपडेट भर्सन बजारमा ल्याउने भएको छ ।

केटीएमले मोबिलिटी एक्स्पोमा नयाँ मोडल २५० र ३९० एड्भेन्चर पनि सार्वजनिक गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप