मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

एनआईशीका चार म्युचुअल फण्डको लाभांश घोषणा, कुनमा कति ?

आइतबार, १८ साउन २०८२, १५ : ११
आइतबार, १८ साउन २०८२

काठमाडौँ । एनआईशी एशिया क्यापिटलको सञ्चालनमा रहेका चार म्युचुअल फण्डको लाभांश घोषणा भएको छ । तीन ‘क्लोज इन्डेड’ र एउटा ‘ओपन इन्डेड’ फण्डको लाभांश घोषणा भएको हो । 

त्यसरी लाभांश घोषणा हुनेहरूमध्ये एनआईशी एशिया फ्लेक्जी क्याप फण्डको १०.१० प्रतिशत, ब्यालेन्स्ड फण्डको ९.९० प्रतिशत, सेलेक्ट फण्ड–३० को ८.६५ प्रतिशत तथा डाइनामिक डेप्ट नामक ओपन इन्डेड फण्डको ५.५५ प्रतिशत रहेको छ । 

यी सबै योजनामार्फत एनआईशी एशियाले लगानीकर्तालाई ३६ करोड ५४ लाख रुपैयाँ बराबरको लाभांश वितरण गर्ने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप