मेलम्ची नदीको जलसतह सतर्कता तह पार, सतर्कता अपनाउन आग्रह
आइतबार, १८ साउन २०८२, १६ : ४९
सारांश
- सिन्धुपाल्चोकको मेलम्ची नदीले जलसतहले सतर्कता तह पार गर्यो।
- बाढी पूर्वानुमान महाशाखाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।
- देशभर मनसुनी वायुको प्रभाव रहेको र हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
काठमाडौँ । सिन्धुपाल्चोक जिल्लास्थित मेलम्ची नदीले जलसतहले सतर्कता तह पार गरेको छ । नाकोटे जलमापन केन्द्रको तथ्याङ्क अनुसार यो बढ्दो क्रममा रहेको छ । बाढी पूर्वानुमान महाशाखाले नदी तटीय क्षेत्रमा बाढी र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम हुनसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ अवस्थित छ। यसले गर्दा देशभर साधारणतया बदली रहेको छ । मधेस प्रदेशका केही स्थानहरू तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण