चेक बाउन्स मुद्दामा माओवादीका स्थानीय नेता पक्राउ
सारांश
- पर्सा प्रहरीले बैंकिङ कसुरमा माओवादी केन्द्रका स्थानीय नेता शिवकुमार साह तेलीलाई पक्राउ गरेको छ।
- उनले आफ्नो खातामा पैसा नहुँदा नहुँदै १६ लाख ७५ हजार रुपैयाँ बराबरको चेक काटेका थिए।
- प्रहरीले तेलीलाई चेक बाउन्स मुद्दामा पक्राउ गरी ५ दिनको म्याद थप गरेको छ।
वीरगन्ज । पर्सा प्रहरीले बैंकिङ कसुरमा नेकपा माओवादी केन्द्रका एक स्थानीय नेतालाई पक्राउ गरेको छ ।
पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर–६ लखनपुर निवासी शिवकुमार साह तेलीलाई बैंकिङ कसुर मुद्दामा पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले सोमबार जानकारी दिए ।
क्रान्ति गुप्तासहित दुई जनाले दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको लम्सालले बताए ।
तेलीले आफ्नो खातामा पैसा नहुँदा नहुँदै १६ लाख ७५ हजार रुपैयाँ बराबरको दुई वटा चेक काटेका थिए । प्रहरीमा परेको जाहेरीमा १० र ६ लाख ७५ हजारको दुई वटा चेक दिएको र बैंकबाट ती बाउन्स भएको भनिएको छ ।
चेक बाउन्स भएपछि प्रहरीले दर्ता गरेको मुद्दा अनुसार तेली पक्राउ परेको पर्सा प्रहरीले जनाएको छ । उनीविरुद्ध ५ दिनको म्याद थप भइ आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ ।
गएको ०७९ सालको निर्वाचनमा उनले नेपाल सुशासन पार्टीको तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर ३ (क) बाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका थिए ।
उक्त चुनावमा हारेपछि उनी माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण