अपडेट
दसैँलगत्तै माओवादीको केन्द्रीय समिति बैठक बस्ने
सोमबार, १९ साउन २०८२, १५ : २८
सारांश
- नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक दसैँ लगत्तै बस्ने निर्णय भएको छ।
- स्थायी समिति बैठकले भदौ १५ गतेदेखि अभियान सञ्चालन गर्ने निर्णय गर्यो।
- दसैँ सकिएलगत्तै केन्द्रीय समिति बैठक बसेर महाधिवेशनको तयारी गर्ने निर्णय भयो।
काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक दसैँलगत्तै बस्ने निर्णय भएको छ । सोमबार सम्पन्न स्थायी समिति बैठकले भदौ १५ गतेदेखि स्थगित अभियान सञ्चालन गर्ने र दसैँ लगत्तै केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको सचिव दीनानाथ शर्माले जानकारी दिए ।
‘भदौ १५ गतेदेखि मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सुचारु गरी दसैँअघि सम्पन्न गर्ने तय भएको छ । दसैँ सकिएलगत्तै केन्द्रीय समिति बैठक बसेर महाधिवेशनको तयारी गर्ने निर्णय भएको छ’, रातोपाटीसँग उनले भने ।
यस्तै अन्तर्विरोधका विषय बाहिर लगिएकोमा आत्मालोचना गर्दै एकताबद्ध भएर अगाडि बढ्ने सामूहिक प्रतिबद्धता जनाएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण