जनार्दन शर्माले बैठकको माइन्युटमा सही गर्छु भन्नुभएको छ : अग्नि सापकोटा
सारांश
- अग्नि सापकोटाले जनार्दन शर्माले स्थायी समिति बैठकको माइन्युटमा पछि हस्ताक्षर गर्ने बताए।
- शर्माको विषयमा छलफल सकारात्मक रह्यो र उनले बैठकका कुरामा सहमति जनाए।
- पार्टी फुट्ने हल्लालाई खारेज गर्दै पार्टी एकताबद्ध भएर अघि बढ्ने कुरामा सहमति भयो।
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले नेता जनार्दन शर्माले स्थायी समिति बैठकको माइन्युटमा हस्ताक्षर गर्ने बताएको जनाएका छन् । यद्यपि बैठकमै भने उनले हस्ताक्षर नगरेको सापकोटाको भनाइ छ ।
चार दिनसम्म बसेको माओवादीको स्थायी कमिटी बैठकपछि सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै सापकोटाले जनार्दन शर्माको विषयमा धेरै खुला र स्पष्ट छलफल भएको बताए ।
‘असाध्यै कमरेड्ली भावनाका साथ छलफल चल्यो । उहाँले माइन्युटमा सही गर्छु भन्नुभएको छ’, सापकोटाले भने, ‘बैठकमा स्थायी कमिटी र अध्यक्षले भनेका कुरामा अलिकति महसुस गर्नुभएको छ । साउन ६ गते जुन अभिव्यक्ति दिनुभएको थियो, त्यसमा आत्मालोचना त गर्नुभएको छैन । तर छलफल गर्दै जाने कुरा भएको छ ।’
नेता सापकोटाले माओवादीबारे बजारमा पार्टी फुट्छ भनेर चर्चा चलेपनि ती सबै चर्चालाई खारेज भएको बताए । साथै उनले अव पार्टी एकताबद्ध भएर जाने कुरामा बैठक सफल भएको छ त्यो गर्वको कुरा भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण