बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बुटवल–नारायणगढ सडक अवरुद्ध

सोमबार, १९ साउन २०८२, १५ : ४३
सोमबार, १९ साउन २०८२

सारांश

  • बुटवल-नारायणगढ सडकखण्डको दाउन्नेमा पहिरो जाँदा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
  • लगातारको वर्षाले गर्दा पहिरो पन्छाउन समस्या भएको छ, र यात्रुहरू अलपत्र परेका छन्।
  • सडक विस्तारका क्रममा पहाड कटान गरिएकाले यस क्षेत्रमा बारम्बार सडक अवरुद्ध हुने गरेको छ।

नवलपरासी । बुटवल–नारायणगढ सडकखण्डअन्तर्गत दाउन्ने पहाडमा पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।   नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने पहाडको विश्वकर्मा मन्दिर नजिकै पहिरो खसे पछि दुईतर्फी सडक अवरुद्ध भएको हो । 

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक यादव ढकालका अनुसार लगातारको वर्षाका कारण सोमवार बिहानदेखि एकतर्फी भएको राजमार्ग दिउँसो १ः ०० बजेदेखि पूर्ण रूपमा अवरुद्ध भएको हो । 

एकतर्फी अवरुद्ध भएको सडक खोल्ने प्रयास भइरहेको अवस्थामा माथिबाट पहिरो झरेपछि थप समस्या भएको प्रहरी उपरीक्षक ढकालले बताउनुभयो । लगातार वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भएको छ ।   

सडक अवरुद्ध भए पछि अहिले सयौँ यात्रु र  चालक बीच बाटोमै अलपत्र परेका छन् । बुटवल–नारायणगढ सडकखण्ड विस्तारका क्रममा दाउन्ने पहाड कटान गरिएकाले यस क्षेत्रमा पटकपटक सडक अवरुद्ध हुने गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप