नेपालमा डेंगुको प्रकोप बढ्दो, सङ्क्रमितको संख्या २ हजार ६३५ पुग्यो
मङ्गलबार, २० साउन २०८२, १८ : ५१
काठमाडौँ । नेपालमा डेंगुको सङ्क्रमण दर बढ्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) अनुसार २ हजार ६३५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।
गएको एक सातामा १७१ जना नयाँ डेंगुका बिरामी थपिएका छन् भने पछिल्लो २४ घण्टामा १७ जनामा सङ्क्रमण देखिएको छ । हालसम्म देशका ७४ जिल्लामा डेंगु फैलिसकेको महाशाखाले जनाएको छ ।
प्रदेशगत तथ्याङ्कलाई केलाउँदा गण्डकी प्रदेश डेंगुबाट सबैभन्दा बढी प्रभावित भएको छ । ७ सय ७९ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो एक हप्तामा मात्र गण्डकीमा ५२ नयाँ बिरामी थपिएका छन् । त्यसैगरी, बागमती प्रदेशमा ५ सय ४५ र लुम्बिनी प्रदेशमा ४सय २३ जनामा सङ्क्रमण देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्त क्यान्सरपीडित नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण