बोर्ड तथा सेन्सर सदस्यलाई कलाकार सङ्घको सम्मान
मङ्गलबार, २० साउन २०८२, १९ : १४
काठमाडौँ । चलचित्र कलाकार सङ्घले चलचित्र विकास बोर्ड तथा केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर) बोर्डका नव नियुक्त सदस्यलाई बधाई तथा सम्मान प्रदान गरेको छ ।
सङ्घले राजधानीमा मंगलबार एक औपचारिक समारोह मार्फत बधाई तथा सम्मान गरेको हो ।चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राई, कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, सङ्घका पूर्व अध्यक्ष रवीन्द्र खड्का महासचिव सबिन श्रेष्ठलगायतले नव नियुक्त सदस्यलाई माला, खादा र सम्मान पत्रले सम्मान गरेका थिए ।
हालै नियुक्त सदस्यमा बोर्डमा सन्तोष बाबु लोहनी, बिरेन्द्र प्रसाद भट्ट र गणेश सुवेदी तथा चलचित्र जाँचपास समितिमा सम्पन्न श्रेष्ठ, कुबेर राज गिरी र भीमा मैनाली रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण