बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
मुख्यमन्त्रीकाे निर्णय

सङ्कल्प प्रस्ताव कार्यान्वयनमा लैजाने बागमतीका मुख्यमन्त्री बानियाँको पहिलो निर्णय

मङ्गलबार, २० साउन २०८२, १९ : २१
मङ्गलबार, २० साउन २०८२

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले संसद्ले पारित गरेको सङ्कल्प प्रस्तावलाई ग्रहण गरेर कार्यान्वयनमा लैजाने निर्णय गरेका छन् । 

उनले गत असार २३ गतेको प्रदेशसभा बैठकले पारित गरेको सङ्कल्प प्रस्तावलाई ग्रहण गरेर कार्यान्वयनमा लैजाने निर्णय गरेका हुन् ।

मुख्य गरेर आर्थिक मितव्ययिता र सुशासन कायम गर्ने, सेवा प्रवाहलाई प्रभावकारी बनाउने र बजेट प्रणालीलाई जनमुखी बनाउने विषयमा पहिलो निर्णय मुख्यमन्त्री बानियाँले निर्णय गरेको प्रमुख सचिव भुपाल बरालले जानकारी दिए ।

उक्त निर्णय अनुसार प्रदेशमा आर्थिक मितव्ययिता र सुशासन कायम गर्ने उद्धेश्य रहेको मुख्यमन्त्री बानियाँले बताए । सरकारले अनावश्यक र फजुल खर्चहरू कटौती गर्ने र सरकारी कोषको दुरुपयोग हुन नदिने निर्णय गरेको उनको भनाई छ । सरकारको कामकारबाही पारदर्शी, जवाफदेही र भ्रष्टाचारमुक्त बनाउने तथा नियम–कानुनको पालना गर्दै जनताप्रति उत्तरदायी भएर शासन सञ्चालन गर्ने सरकारको निष्कर्ष रहेको उनको भनाई छ ।

सेवा प्रवाहलाई प्रभावकारी बनाउन छिटो, छरितो र सहज बनाउने, जनताले सरकारी सेवा लिनका लागि झन्झट बेहोर्नु नपर्ने र समयमै काम हुने सुनिश्चित गर्ने, बजेट प्रणालीलाई जनमुखी बनाउने निर्णय उक्त सङ्कल्प प्रस्तावमा रहेको उनले बताए । 

सरकारले बनाउने वार्षिक बजेट ठुलाबडा वा पहुँचवालाका लागि नभई आम जनताको आवश्यकता र चाहनालाई केन्द्रमा राखेर बनाउने, विकासका योजना र कार्यक्रमहरूले सिधै जनताको जीवनस्तरमा सुधार ल्याउने कुरालाई प्राथमिकता दिने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप