बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

विज्ञान अनुसन्धन केन्द्रबाट ५० खेलाडी लाभान्वित

बुधबार, २१ साउन २०८२, १० : २३
बुधबार, २१ साउन २०८२

सारांश

  • राष्ट्रिय खेलकुद परिषद्ले स्थापना गरेको खेलकुद विज्ञान अनुसन्धान केन्द्रबाट हालसम्म ५० खेलाडी लाभान्वित भएका छन्।
  • मिसन २०२६ अन्तर्गत उसु, कराँते, बक्सिङ, कुस्ती, तेक्वान्दो र जुडोका खेलाडीको परीक्षण गरिएको थियो।
  • राखेपले खेलाडीको प्रशिक्षणलाई थप प्रभावकारी बनाउन अनुसन्धान केन्द्र स्थापना गरेको हो, जसको उद्घाटन प्रधानमन्त्रीले गरेका थिए।

काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले स्थापना गरेको खेलकुद विज्ञान अनुसन्धन केन्द्रबाट हालसम्म ५० खेलाडी लाभान्वित भएका छन् । मिसन– २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारी प्रशिक्षणमा रहेका उसु, कराते, बक्सिङ, कुस्ती, तेक्वान्दो र जुडोका खेलाडीको परीक्षण गरिएको हो । 

फुटबल खेलाडीको परीक्षण पनि जारी छ । एक सातापछि अन्य खेलका खेलाडीको परीक्षण पनि सम्पन्न हुने केन्द्रका प्रमुख लक्ष्मण अधिकारीले जनाएका छन् ।

बायोमेकानिक्स, कार्डियो भस्कुलर इन्डुरेन्स, मसल्स पावर, आईसोमेटिक स्ट्रेन्थ, शरीरको पोस्टर, शरीरको चालको अवस्था, थकानको मापन, लेक्टिक एसिड टेस्ट, दौडने क्षमता, निर्णय गर्ने क्षमतालगायतका विषयमा परीक्षण गरिएको थियो ।

राखेपले अत्याधुनिक प्रविधिमा खेलाडीको समग्र पक्ष परीक्षण र अनुसन्धान गरी खेलाडीको प्रशिक्षणलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित नेपालमै पहिलोपटक यस प्रकारको अनुसन्धान केन्द्र स्थापना गरेको हो । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा स्थापना गरिएको केन्द्रको गत असार २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप