लोसपा, रामुपा र जसपाबिच कार्यगत एकताका लागि प्रयास
सारांश
- मधेसमा अर्को मोर्चा गठनको तयारी भइरहेको छ, जसमा विभिन्न दलहरूबीच छलफल भइरहेको छ।
- जसपा, लोसपा नेपाल र रामुपा नेपालबीच कार्यगत एकताका लागि छलफल चलिरहेको छ।
- जसपाले आज कार्यकारिणी समितिको बैठक बोलाएको छ, जसमा कार्यगत एकताको विषयमा छलफल हुनेछ।
काठमाडौँ । मधेसमा अर्को मोर्चा गठनको तयारी भइरहेको छ । सात दलीय संघीय लोकतान्त्रिक मोर्चा क्रियाशील रहेको बेला अन्य दलहरूको बिचमा मोर्चाबन्दी वा कार्यगत एकताको विषयमा छलफल भइरहेको हो । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी (रामुपा)नेपालबिच कार्यगत एकताका लागि छलफल चलिरहेको स्रोतले जनाएको जनाएको छ ।
स्रोतका अनुसार तीन वटै दलको बिचमा हुनसक्छ वा अलग अलग पनि कार्यगत हुनसक्छ ।
जसपाले लोसपा नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपालसँग अलग अलग कुरा गरिरहेको छ । यी दलहरूको बिचमा एक दुई चरण कुराकानी भइसकेको जसपाका एक नेताले बताए । सोही विषयमा छलफल गर्न जसपाले आज कार्यकारिणी समितिको बैठक बोलाएको छ ।
बालकुमारीस्थित पार्टी कार्यालयमा आज तीन बजे बस्ने बैठकमा यही कार्यगत एकता अथवा मोर्चाको विषयमा छलफल हुने बताइएको छ । सो बैठकको एक मात्र एजेण्डा दलहरूसँग कार्यगत एकताका लागि भइरहेको प्रयासको विषय रहने बताइएको छ ।
जसपाका महासचिव इस्तियाक राइले लोसपा र राष्ट्रिय मुक्ति पार्टीसँग मात्र होइन अन्य दलहरूसँग पनि छलफल चलिरहेको बताए । मुद्दा, विचार र एजेण्डा मिल्ने दलसँग कार्यगत एकता गर्ने जसपाले निर्णय नै गरिसकेको उनले बताए ।
आज बस्ने कार्यकारिणी समितिले यस विषयमा पनि छलफल गर्ने उनले बताए । ‘विभिन्न दलहरूसँग भएको छलफलको विषय त्यहाँ प्रस्तुत हुन्छ, अनि त्यसमा छलफल हुन्छ’, उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण