आर्थिक वृद्धिमा योगदान दिइरहेको मोबिलिटी क्षेत्रलाई राज्यले प्राथमिकतामा राख्नुपर्छः अध्यक्ष वैद्य
सारांश
- नाइमा अध्यक्ष ऋतुसिंह वैद्यले अटोमोबाइल क्षेत्रले आर्थिक वृद्धिमा योगदान दिएको बताइन्।
- मोबिलिटी एक्स्पोमा बोल्दै, उनले यस क्षेत्रले रोजगारी सिर्जना गरेको र हरित प्रविधिमा अवसर रहेको उल्लेख गरिन्।
- नाइमाले सीप विकास र नीतिगत स्थिरताको आवश्यकता औंल्याउँदै, दीर्घकालीन लगानीको लागि आह्वान गरिन्।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) की अध्यक्ष ऋतुसिंह वैद्यले नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रले मुलुकको आर्थिक वृद्धिमा उल्लेख्य योगदान दिँदै आएको बताउँदै यस क्षेत्रलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने बताएकी छन् ।
बुधवारबाट सुरु भएको नाममा मोबिलिटि एक्स्पोको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष वैद्यले यो क्षेत्रले सेवा क्षेत्रमा मात्रै करिब ४ दशमलव ७ प्रतिशत रोजगारी सिर्जना गरेको तथ्यले देखाउने भन्दै जुन आफैँमा महत्त्वपूर्ण रहेको बताएकी हुन् ।
यसले स्वास्थ्य, पर्यटन र वित्तीय सेवाजस्ता क्षेत्रसरह हजारौँ नेपालीलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा रोजगारीमा जोडेको वैद्यको भनाई छ । उनकाअनुसार विशेष गरी, हरित प्रविधिमा आधारित सवारी साधनको आगमनसँगै चार्जिङ पूर्वाधार निर्माण, प्राविधिक प्रशिक्षण, र नवप्रवर्तनमा आधारित कामका अवसरहरू सिर्जना भएको छ ।
अध्यक्ष वैद्यले भनिन्, ‘हामीले विद्युतीय सवारी साधनको आयातसँगै देखिएको नयाँ अवसरलाई उपयोग गर्दै सीटीईभीटी र शिक्षा मन्त्रालयसँग सहकार्यमा सीप विकासमा लगानी बढाइरहेका छौं । युवाहरूलाई रोजगारी योग्य बनाउन आवश्यक सीप दिने उद्देश्यले श्रम शक्ति विकास अभियानमा नाइमा सक्रिय रूपमा लागेको छ । यसमार्फत हामी समावेशी र भविष्यमैत्री रोजगारी सिर्जना गर्न चाहन्छौँ । तर यी सबै पहलहरूलाई दीर्घकालीन रूपमा सफल बनाउने हो भने स्थिर र स्पष्ट नीतिगत मार्गदर्शन अत्यावश्यक हुन्छ । मोबिलिटी क्षेत्रको दीर्घकालीन स्थायित्व सुनिश्चित गर्न सरकारले स्थिर नीति लिन जरुरी छ, जसले उद्योगलाई दीर्घकालीन लगानी र नवप्रवर्तनका लागि प्रेरित गर्छ ।’
उनले नाइमा अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको साझा आवाजका रूपमा कार्य गर्दै आएको बताइन् । गुणस्तरीय सेवा, जनशक्ति विकास र सहरदेखि गाउँसम्म सवारीसाधन तथा सेवा पहुँच पुर्याउने दिशामा नाइमाले आगामी दिनमा काम गर्ने अध्यक्ष वैद्यको भनाइ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण