छोरीलाई फर्स्ट बनाउन प्रश्नपत्र चोरी गर्ने आमा र पूर्वशिक्षिका पक्राउ
सारांश
- दक्षिण कोरियामा प्रश्नपत्र चोरी आरोपमा एक विद्यार्थीकी आमा र ट्युटर पक्राउ परेका छन्।
- परीक्षाको प्रश्नपत्र चोरी प्रयासको आरोपमा दुई महिलालाई प्रहरीले पक्राउ गरेको हो।
- अनुसन्धानबाट ट्युटरले विद्यार्थीकी आमासँग पैसा लिएर प्रश्नपत्र उपलब्ध गराएको खुलेको छ।
सिओल । दक्षिण कोरियामा परीक्षाको प्रश्नपत्र चोरी गरेको आरोपमा एक विद्यार्थीकी आमा र उनको ट्युटर पक्राउ परेका छन् । दक्षिण कोरियाको अन्डोङमा रहेको एक छात्रा विद्यालयमा परीक्षाको प्रश्नपत्र चोरी गर्ने प्रयास गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।
गत जुलाई ४ को बिहान २ बजेतिर विद्यालयमा अलार्म बजेपछि सुरक्षा क्यामेराको फुटेजमा दुई महिला विद्यालयको कार्यालयमा पसेको देखिएको थियो। उनीहरूले त्यहाँबाट परीक्षाको प्रश्नपत्र चोरी गर्ने प्रयास गरेका थिए।
भोलिपल्टै पक्राउ परेका ती महिलाहरूमध्ये एक जना विद्यालयकी उत्कृष्ट विद्यार्थीकी ४८ वर्षीया आमा र अर्की ३१ वर्षीया पूर्वशिक्षिका थिइन्, जसले ती विद्यार्थीलाई वर्षौँदेखि ट्युसन पढाउँदै आएकी थिइन्।
राजीनामा दिएको भए पनि पूर्व शिक्षिकाको फिंगरप्रिन्ट स्क्यानरबाट उनको बायोमेट्रिक डेटा मेटिएको थिएन। त्यसैले उनले सजिलै विद्यालयमा प्रवेश गर्न सकेकी थिइन्। प्रहरीको अनुसन्धानबाट पूर्वशिक्षिकाले कम्तीमा दुई वर्षदेखि परीक्षाको समयमा विद्यार्थीकी आमासँग पैसा लिएर प्रश्नपत्र उपलब्ध गराउँदै आएको आशङ्का गरिएको छ।
पूर्वशिक्षिकाले विद्यालयका व्यवस्थापकलाई पनि घुस दिएको र उनले सुरक्षा क्यामेराको फुटेज मेटाउन सहयोग गरेको प्रहरीले पत्ता लगाएको छ। यस घटनाबाट लाभान्वित भएकी विद्यार्थीलाई विद्यालयबाट निष्कासन गरिएको छ र उनका सबै परीक्षाका नतिजाहरू रद्द गरिएको छ।
प्रहरीले ती दुई महिलामाथि गैरकानुनी रूपमा विद्यालय प्रवेश गरेको र व्यवसायमा अवरोध पुर्याएको लगायतका विभिन्न आरोपमा अनुसन्धान गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण