मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

बीवाईडीले लन्च गर्‍यो एटो–वानका दुई भेरियन्ट, मूल्य कति ?

बुधबार, २१ साउन २०८२, १४ : ४९
बुधबार, २१ साउन २०८२

काठमाडाैँ । नाइमा नेपाल मोबिलिटी एक्स्पोमा बीवाईडीको नयाँ ह्याचब्याक कार एटो–वान सार्वजनिक भएको छ । 

नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले बीवाईडीको नयाँ ह्याचब्याक कार स्ट्यान्डर्ड रेन्ज डाइनामिक र लङ रेन्ज प्रिमियम गरी दुई भेरियन्ट बुधबार सार्वजनिक गरेको हो । 

आज देखि सुरु भएको नाइमा मोबिलिटी एक्स्पोबाट बीवाईडीले बिक्री सुरु गरेको छ । चीनमा सिगल, युरोपमा सर्फ जस्ता नामले बिक्री हुँदै आएको ह्याचब्याक कार नेपालमा भने एटो–वान नामबाट बिक्री गरिने कम्पनीले जनाएको छ । 

डाइनामिक भेरियन्टको मूल्य २८ लाख ९५ हजार रुपैयाँ र प्रिमियमको ३२ लाख ९५ हजार रुपैयाँ तोकेको छ ।कम्पनीले स्ट्यान्डर्ड रेन्ज भनेको डाइनामिक भेरियन्टमा ३०.०८ किलोवाट अवार र लङ रेन्ज प्रिमियम भेरियन्टमा ३८.८८ किलोवाट अवारको ब्याट्री प्याक दिएको छ । यी दुई भेरियन्टको रेन्ज क्रमशः २३० र ३०० किलोमिटरको हुने एनइडीसीले प्रमाणित गरेको छ ।

एटाे वानको लम्बाइ ३७८० एमएम, चौडाइ १७१५ एमएम, उचाइ १५८० एमएम र ह्वीलबेस २५०० एमएम रहेको छ । नेपाली ग्राहकहरूको चाहाना अनुरुप एटो–वानका दुई भेरियन्ट लन्च गरिएको बीवाईडीकी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले बताइन् 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप