‘लिचीबारी प्रकरणमा मधेसी मूलका सोझा मन्त्रीलाई पदमुक्त गरियो, मुख्य आरोपीलाई संरक्षण’
सारांश
- सांसद माधव सापकोटाले वर्तमान सरकार संविधान संशोधन, सुशासन र स्थिरता कायम गर्न असफल भएको आरोप लगाए।
- उनले लिचीबारी जग्गा प्रकरणमा मधेसी मूलका मन्त्रीलाई पदमुक्त गरिएको तर मुख्य आरोपीलाई संरक्षण गरेको आरोप लगाए।
- सांसद सापकोटाले सरकार भ्रष्टाचार र अनियमिततामा व्यस्त रहेको र प्रतिपक्ष सहयोग गर्न तयार रहेको बताए।
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले संविधान संशोधन, सुशासन र स्थिरताको प्रतिबद्धता गर्दै गठन भएको वर्तमान सरकार पूर्णतः असफल भएको आरोप लगाएका छन्।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद सापकोटाले सरकार गठनको उद्देश्यअनुसार संविधान संशोधन प्रक्रिया नथालेको, समन्वय नगरेको र सुशासन प्रवर्द्धनमा असफल भएको आरोप लगाएका हुन् ।
उनले पोखराको लिचीबारी जग्गा प्रकरणमा मधेसी मूलका सोझा मन्त्रीलाई पदमुक्त गरिएको तर मुख्य आरोपीलाई संरक्षण गर्ने काम भइरहेको पनि आरोप लगाए । सरकारले गर्ने सकारात्मक काममा सहयोग गर्न प्रतिपक्षी दल सधैँ तयार रहे पनि सरकार भ्रष्टाचार र अनियमितता गर्नमै व्यस्त रहेको उनको आरोप छ ।
उनले भने, ‘संविधान संशोधन, मुलुकमा सुशासन कायम र स्थिरता दिन्छौँ भनेर गठन भएको सरकार कहाँ छ भनेर लिचीबारीसम्म आइपुग्दा देखियो । मधेसी मूलबाट आएको एउटा सोझो मन्त्रीलाई छपक्क ढालियो । चाणक्यले भनेजस्तो काटिने त अन्ततः सोझै रुख हो । अर्को एउटा बाङ्गो रुख त बाङ्गै छ । त्यो रुखलाई त राम्रो मलजल र राम्ररी संरक्षण भएको होला । संविधान संशोधन, स्थिरता र सुशासनको नारा दिएको सरकारले आजको दिनसम्म पनि कसैलाई एक मिनेट बोलाएर छलफल नगर्ने ? अनि अहिले आएर लोकप्रियतावादीहरूलाई गाली गरेर के उपलब्धि हुन्छ ? राम्रो काम गरौँ न । त्यसको लागि कस्तो कागजमा हस्ताक्षर गर्नुपर्ने हो, प्रतिपक्ष तयार छ । तर काण्डैकाण्डले हुँदैन । ’
उनले लोकप्रियतावादको विरोध गरेर मात्र केही उपलब्धि नहुने भन्दै सरकारलाई व्यवहारिक सुधार र परिणाममुखी कार्यमा ध्यान दिन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण