शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

तनाव कम गर्न चिनियाँ युवामा ‘प्यासिफायर’ चुस्ने ट्रेन्ड

बुधबार, २१ साउन २०८२, १६ : ४९
बुधबार, २१ साउन २०८२

सारांश

  • चीनमा युवाहरूले तनाव कम गर्न प्यासिफायर प्रयोग गरिरहेका छन्, जसले राम्रो निद्राको लागि मद्दत गर्छ।
  • मनोवैज्ञानिकहरूले यसलाई 'रिग्रेसन फेनोमेनन' भनेका छन्, जहाँ मानिसहरू बाल्यकालको अवस्थामा फर्कन चाहन्छन्।
  • विशेषज्ञहरूले लामो समयसम्म प्यासिफायर प्रयोग गर्दा स्वास्थ्य समस्याहरू आउन सक्ने चेतावनी दिएका छन्।

बेइजिङ । आजकल चीनमा तनाव कम गर्नका लागि एक अनौठो चलन चलेको छ, जसमा हजारौं युवाहरूले तनाव र अनिद्राबाट राहत पाउनका लागि ‘प्यासिफायर’ प्रयोग गरिरहेका छन्।

कामको तनाव, पैसाको समस्या, र सामाजिक सम्बन्धको बोझले गर्दा आधुनिक जीवनमा तनाव बढ्दै गएको छ। यसबाट मुक्ति पाउन चीनका मानिसहरूले बच्चाले चुस्ने 'प्यासिफायर' प्रयोग गर्न थालेका छन्। 

चीनका ई-कमर्स वेबसाइटहरूमा यो ‘प्यासिफायर’ तनाव कम गर्ने र राम्रो निद्राका लागि सहयोगी भनेर बेचिन्छ। यसको मूल्य १० देखि ५०० युआनसम्म पर्छ।

चिनियाँ मनोवैज्ञानिकहरूले यो चलनलाई 'रिग्रेसन फेनोमेनन' भनेका छन्। उनीहरूका अनुसार, जब मानिसहरूले धेरै तनाव र ठुला समस्याको सामना गर्छन्, तब उनीहरू अचेतन रूपमा बाल्यकालको अवस्थामा फर्किन चाहन्छन्। यसले गर्दा ‘प्यासिफायर’ ले उनीहरूलाई बाल्यकालको सुरक्षा र आरामको अनुभूति दिलाउँछ।

adult-pacifiers2

  • के यो साँच्चै उपयोगी छ?

धेरै प्रयोगकर्ताहरूले यसले आफूलाई कम तनाव भएको र राम्रोसँग सुत्न मद्दत गरेको बताएका छन्। एक प्रयोगकर्ताले काम गर्दा मुखमा ‘प्यासिफायर’ राख्दा कम तनाव महसुस गरेको दाबी गरेका छन्।

विशेषज्ञहरूले लामो समयसम्म 'प्यासिफायर' प्रयोग गर्दा गम्भीर स्वास्थ्य समस्या हुन सक्ने चेतावनी दिएका छन्। सिचुआन विश्वविद्यालयकी डा. टाङ काओमिनले बताएअनुसार वयस्कहरूको मुखको संरचना बच्चाहरूको भन्दा फरक हुन्छ। लामो समयसम्म यसको प्रयोगले टेम्पोरोम्यान्डिबुलर जोइन्ट डिसअर्डर निम्त्याउन सक्छ, जसले जोर्नी दुख्ने र मुख खोल्न गाह्रो हुने समस्या हुन सक्छ।

‘प्यासिफायर’ बनाउन प्रयोग भएको सामग्री वयस्कहरूको मुखका लागि उपयुक्त नहुन सक्छ। यसको लामो समयको प्रयोगले मुखभित्र घाउ र अल्सर हुन सक्छ।

सुत्दा मुखमा 'प्यासिफायर' राखेर सुत्दा सास फेर्न गाह्रो हुन सक्छ, जसले गर्दा निसास्सिन सक्ने जोखिम पनि हुन्छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप