फक्सवागनका दुई मोडल वट्रस र टाईगुन नेपाली बजारमा
सारांश
- पूजा ईन्टरनेशनल नेपाल प्रालिले नाईमा अटो शोमा फक्सवागनको वट्रस सेडान र टाईगुन गाडी सार्वजनिक गर्यो।
- यी दुवै गाडीहरूमा १.५ लिटरको टर्बो पावर इन्जिन जडान गरिएको छ र सुरक्षा मापदण्डमा उत्कृष्ट छन्।
- वट्रस सेडान १८० मि.मि. र टाईगुन १८८ मि.मि. को ग्राउण्ड क्लियरेन्सका साथ उपलब्ध छन्।
काठमाडौँ । नेपाली उपभोक्ताको मागलाई मध्यनजर गरी जर्मन ब्राण्ड फक्सवागनको लागि नेपालको एक मात्र आधिकारिक वितरक पूजा ईन्टरनेशनल नेपाल प्रालिले नाइमा अटो शोमा वट्रस सेडान र नयाँ टाईगुन गाडीको लञ्च गरेको छ ।
यी दुवै गाडीहरूमा यस सेग्मेन्टको सबैभन्दा पावरफुल १.५ लिटरको टर्वो पावर इन्जिन जडान गरिएको छ । अत्याधुनिक प्रविधिद्वारा सुसज्जित यी दुवै गाडीहरूमा पावरको आवश्यकता अनुसार दुई वा चारै सिलिन्डरद्वारा चल्ने १५०० सी.सी. बाट १५० हर्ष पावर उत्पादन गर्न सक्षम फ्युल इफिसेन्ट इन्जिन रहेको छ ।
वट्रस जी टी सेडान र टाईगुन एसयूभी विश्वकै उच्च स्तरको सुरक्षा मापदण्ड एन क्यापमा पाँच तारा पाएका मोडल हुन् ।
फक्सवागन वट्रस, सेडान भएता पनि हाल नेपालमा उपलब्ध धेरै एसयूभी भन्दा पनि बढी अर्थात् १८० मि.मि. को ग्राउण्ड क्लियरेन्सका साथ आउँदछ जसले गर्दा खाल्डा खुल्डीहरुमा पनि गाडी छुने डर हुँदैन । बलियो च्यासिस, पावरफुल इन्जिन तथा उच्च ग्राउण्ड क्लियरेन्सले गर्दा सहर होस् वा ग्रामीण सडक, सबै ठाउँमा यो गाडी लान सकिन्छ ।
नेपालको बाटोमा सुहाउँदो, १८८ मि.मि. को ग्राउण्ड क्लियरेन्स तथा अत्याधुनिक सेभेन स्पिड गियरबक्सका साथ लञ्च गरिएको यस एसयूभीमा सम्पूर्ण सुरक्षा तथा कम्फर्टटका फिचरहरू राखिएको छ । उदाहरणका लागि ६ वटा एयर ब्याग, इलेक्ट्रोनिक स्टायविलिटी कन्ट्रोल, हिल होल्ड कन्ट्रोल इत्यादि दुवै मोडलमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण