पछिल्ला २०/२५ वर्षमा नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा धेरै फड्को मार्यो : पारस खड्का
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले पछिल्लो २०/२५ वर्ष नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा धेरै फड्को मारेको बताएका छन् ।
काठमाडौँको धुम्बाराहीमा बुधबार सम्पन्न काठमाडौँ जिल्ला क्रिकेट सङ्घको छैटौँ साधारण सभाको अवसरमा क्यानका सचिव खड्काले नेपाली क्रिकेटको यो सफलता सहज नभए पनि सबै पक्षले आ–आफ्नो क्षेत्रबाट काम गर्दा सफल भएको बताए ।
अहिले नेपाली क्रिकेट स्थिरताको बाटोमा हिँडिरहेको उल्लेख गर्दै एक दिवसीय मान्यता पाउने क्रममा धेरै चुनौती सामना गर्नुपरेको सचिव खड्काले बताए । नेपाली क्रिकेट टोलीका पूर्वकप्तानसमेह रहेका खड्काले गर्नुपर्ने कामहरू धेरै रहेको र जसलाई केन्द्रले मात्र गरेर साध्य नहुने पनि बताए ।
उनले चुनौतीहरूलाई अवसरका रूपमा लिएर अगाडि बढ्ने पनि आशा व्यक्त गरेका छन् । जिल्ला र प्रदेश क्रिकेटकै मेरुदण्ड भएको उल्लेख गर्दै क्यानका सचिव पारस खड्काले आर्थिक रूपमा पनि बलियो हुँदै गएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण