बढुवा भएका एसएसपी सहित ३५ प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौँ । नेपाल प्रहरीमा बढुवा भएका ३५ जना अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । आईजीपी दिपक थापाले प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित समारोहमा अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
गृहमन्त्री रमेश लेखकले ११ जनालाई एसएसपी र गृह सचिव गोकर्णमणी दुवाडीले ११ जनालाई एसपी तथा १३ जनालाई डीएसपीमा बढुवा गर्ने निर्णय गरेका थिए ।
दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा एसएसपीहरू तुल बहादुर कार्की, राकेश सिंह, राजीव बहादुर बस्नेत, कमल थापा, प्रवीण धिताल, प्रकाश रानाभाट, ज्ञानेन्द्र प्रसाद फुयाँल, दिपक पोखरेल, दयानिधि ज्ञवाली, दिपेन्द्र शाही र केदार खनाल छन् ।
एसपी पदमा बढुवा हुनेमा अनिल कुमार खड्का, महेश थापा, दिपेन्द्र पंजियार थारू, महेन्द्र नेपाल, रूपक खड्का, प्रेम सागर केसी, डिल बहादुर मल्ल, केशव भट्टराई, भुवनेश्वर प्रसाद साह, सुनिल मल्ल र दिपक खड्का छन् ।
त्यस्तै डीएसपी हरु बसन्त गौतम, पञ्चलाल गोले, होम प्रकाश चौधरी, अनिल पण्डित, प्रकाश थापा, दिलिप क्षेत्री, शेखरजंग मल्ल, पोषणराज थपलिया, राजु कार्की, निशेष चापागाईँ, चन्द्र बहादुर खड्का, होम प्रसाद अधिकारी र उपेन्द्र खरेललाई आईजीपीले फुली लगाइदिएका हुन् ।
सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले पदोन्नतिसँगै प्राप्त जिम्मेवारीलाई सङ्गठनको बृहत्तर हितमा थप कटिबद्ध र जिम्मेवार भएर कार्यसम्पादन गर्न निर्देशन दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ७७५ ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण