ट्रम्पले चाँडै पुटिनलाई भेट्ने सम्भावना
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा युद्धविरामबारे रुसी राष्ट्रपति पुटिनसँग चाँडै भेटवार्ता गर्ने सम्भावना रहेको बताए।
- ट्रम्पका विशेष दूत स्टीव विटकफले मस्कोमा पुटिनलाई भेटेका थिए, जसलाई उपयोगी र रचनात्मक भनिएको छ।
- युक्रेनमा युद्धविरामका लागि अमेरिकाले रुसलाई दिएको समयसीमा शुक्रबार सकिँदैछ, सम्झौता नभए थप आर्थिक प्रतिबन्ध लाग्ने चेतावनी छ।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा युद्धविरामको सम्बन्धमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग चाँडै भेट हुने सम्भावना उच्च रहेको बताएका छन् ।
ह्वाइट हाउसमा ट्रम्पलाई रुस र अमेरिकी राष्ट्रपति बिचको भेटघाट हुने सहमति भएको छ त भनेर सोधिएको थियो । यसको उत्तरमा ट्रम्पले सम्भावना निकै धेरै रहेको बताएका थिए । तर उनले यसबारे अरू जानकारी दिएका छैनन् ।
बुधबार ट्रम्पका विशेष दूत स्टीव विटकफले मस्कोमा राष्ट्रपति पुटिनलाई भेटेका थिए । यो भेटलाई उपयोगी र रचनात्मक भनिएको छ । रुसले पनि पुटिन र विटकफबिचको भेटवार्ताबारे अस्पष्ट विज्ञप्ति जारी गरेको थियो ।
युक्रेनमा युद्धविराममा सहमत हुन अमेरिकाले रुसलाई दिएको समयसीमा शुक्रबार सकिँदैछ । यो समयसीमा सकिनै लाग्दा विटकफ रुस पुगेको थिए । युद्धविराम सम्झौता भएन भने रुसमाथि थप कडा आर्थिक प्रतिबन्ध लगाइने अमेरिकाले चेतावनी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण