‘९-भोल्ट ब्याट्री’ को स्वाद भएको चिप्स
सारांश
- नेदरल्याण्डको एक कम्पनीले ९-भोल्ट ब्याट्री फ्लेवरको टर्टिला चिप्स लन्च गरेको छ।
- कम्पनीले बाल्यकालको अनुभवलाई सम्झना दिलाउने स्वादको चिप्स बनाएको बताएको छ।
- चिप्स बनाउन ब्याट्रीका सामग्री प्रयोग नगरिएको र खानयोग्य वस्तु प्रयोग गरिएको छ।
काठमाडौँ । बाल्यकालमा तपाईंलाई पक्कै पनि जिब्रोले ब्याट्रीको धातुको टुप्पो छुँदा हुने हल्का झन्झनाहट र धातुको स्वाद याद होला। बालबालिकाहरूमाझ यो एउटा मूर्खतापूर्ण तर धेरै लोकप्रिय चलन थियो।
नेदरल्याण्डको नयाँ स्न्याक्स ब्रान्डले विश्वको पहिलो '९-भोल्ट ब्याट्री फ्लेवर' को टर्टिला चिप्स लन्च गरेर सबैको ध्यान खिच्ने प्रयास गरिरहेको छ। यही पुरानो याद वा केवल जिज्ञासाले धेरै मानिसहरूलाई यसको नयाँ ९-भोल्ट ब्याट्री स्वादको टर्टिला चिप्सतर्फ आकर्षित गर्नेमा डच स्न्याक्स ब्रान्ड 'रिवाइन्ड' आशावादी छ।
बाल्यकालको त्यो अनुभवलाई चिप्समा स्वादिलो तरिकाले उतार्नु पक्कै पनि चुनौतीपूर्ण काम थियो । तर रिवाइन्डले आफ्नो यो अनौठो स्न्याक्स बनाउन कुनै पनि ब्याट्रीका सामग्री प्रयोग नगरिएको र सबै सामग्री पूर्ण रूपमा सुरक्षित र खानयोग्य भएको स्पष्ट पारेको छ।
‘यो पक्कै पनि एउटा अनौठो निर्देशन थियो,’ रिवाइन्डका सेफ तथा फ्लेवरिस्ट म्याटियस लार्सनले स्वीकार गरे, ‘हामीले जिब्रोमा झन्झनाहट ल्याउन साइट्रिक एसिड र सोडियम बाइकार्बोनेटको मिश्रण प्रयोग गर्यौँ । यसलाई सन्तुलित गर्न खनिज नुन मिसायौँ, जसले चिप्सलाई धातुको स्वाद दिन्छ। यसको नतिजा अचम्मलाग्दो रूपमा स्वादिष्ट छ, र यो पक्कै पनि जिज्ञासा जगाउने स्वाद हो।’
रिवाइन्डको टर्टिला चिप्स अहिले नेदरल्याण्ड्समा मात्र उपलब्ध छ, तर कम्पनी युरोपेली बजारमा छिट्टै विस्तार गर्ने योजनामा छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण