भागबण्डा
न्यायाधीशमा भागबण्डा : कांग्रेसबाट ४ जनाको नाम सिफारिस हुँदा एमालेका २ जना
बिहीबार, २२ साउन २०८२, २१ : ५८
सारांश
- उच्च अदालतको न्यायाधीशमा नेपाली कांग्रेस र नेकपा एमालेको भागवण्डामा ६ जना सिफारिस भएका छन्।
- प्रधानन्यायाधीशको अध्यक्षतामा बसेको बैठकले २७ जना न्यायाधीश सिफारिस गरेको थियो, जसमा ६ जना कानुन व्यवसायी थिए।
- सिफारिसमा कांग्रेस र एमाले निकट कानुन व्यवसायी संगठनका सदस्यहरू छन्।
काठमाडौँ । उच्च अदालतको न्यायाधीशमा सत्ता गठबन्धन नेपाली कांग्रेस र नेकपा एमालेको भागवण्डामा ६ जना सिफारिसमा परेका छन् ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बिहीबार बसेको परिषद्को बैठकले २७ जना न्यायाधीश सिफारिस गरेको मध्ये कानुन व्यवसायीको तर्फबाट ६ जनाको नाम परेको छ ।
सिफारिसमा परेका मध्ये नेपाली कांग्रेस निकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) बाट शर्मिला थापा विष्ट, प्रतापसिंह ठकुराठी, श्यामकुमार विश्वकर्मा र अरुणकुमार पंजियार परेका छन् ।
साथै एमाले निकट कानुन व्यवसायीको संस्था प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन (पीपीएलए) बाट बालकृष्ण गैरे, निशा बानियाँ न्यायाधीश सिफारिसमा परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण