पहिरोले बागलुङ–बुर्तिबाङ सडक अवरुद्ध
शुक्रबार, २३ साउन २०८२, १० : ४१
सारांश
- बडिगाड गाउँपालिका-२ खर्बाङमा पहिरो जाँदा बागलुङ-बुर्तिबाङ सडकखण्ड अवरुद्ध भएको छ।
- सडक अवरुद्ध हुँदा पश्चिम बागलुङसहितका विभिन्न जिल्लाहरूमा यातायात प्रभावित भएको छ।
- निरन्तर वर्षाका कारण सडक खुलाउन कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।
ढोरपाटन । यहाँको बडिगाड गाउँपालिका–२ खर्बाङमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने बागलुङ–बुर्तिबाङ सडक खण्ड अवरुद्ध भएको छ । आज बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए ।
सडक अवरुद्ध हुँदा पश्चिम बागलुङसहित रोल्पा, रुकुम, जाजरकोट, डोल्पा, गुल्मी र पश्चिम बागलुङदेखि पोखरा, काठमाडौँलगायतका स्थानमा जाने आउने सवारी साधन रोकिएका छन् । निरन्तर वर्षा भइरहेकाले सडक खुलाउन नसकिएको प्रहरी निरिक्षक थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण