इजरायलको मन्त्रिपरिषद्ले गाजामाथि नियन्त्रण योजनालाई दियो मन्जुरी
सारांश
- इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको गाजालाई नियन्त्रण लिने योजनालाई अनुमोदन गरेको छ।
- मन्त्रिपरिषद्ले गाजामाथि पूर्ण कब्जा जमाउने योजना र युद्ध अन्त्य गर्ने पाँच बुँदाहरू पारित गरेको छ।
- इजरायली रक्षा बलले गाजाको नियन्त्रण लिन तयारी गर्नेछ र मानवीय सहायता प्रदान गर्नेछ।
तेल अभिभ । इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको गाजालाई नियन्त्रण लिने योजनालाई अनुमोदन गरेको छ । शुक्रबार बिहानको बैठकमा मन्त्रिपरिषद्ले यो मन्जुरी दिएको हो । प्रधानमन्त्री नेतान्याहूको कार्यालयले यस विषयमा एउटा विज्ञप्ति जारी गरेको छ ।
यसमा गाजामाथि पूर्ण कब्जा जमाउने स्वीकृत योजना र युद्ध अन्त्य गर्ने पाँच बुँदाका विवरण छ । मन्त्रिपरिषद्ले यसलाई बहुमतले पारित गरेको खबर आएको छ । इजरायली रक्षा बल (आईडीएफ) ले युद्ध क्षेत्र बाहिरका नागरिक जनसङ्ख्यालाई मानवीय सहायता प्रदान गर्दै गाजाको नियन्त्रण लिन तयारी गर्नेछ र युद्ध अन्त्य गर्ने पाँच बुँदामा काम गर्ने विज्ञप्तिमा भनिएको छ ।
यी पाँच बुँदाहरू हमासको निःशस्त्रीकरण, मृत र जीवित सबै बन्धकहरूको फिर्ती, गाजाको निःशस्त्रीकरण, गाजामाथि इजरायलको सुरक्षा नियन्त्रण, हमास र प्यालेस्टिनी प्राधिकरणमुक्त वैकल्पिक नागरिक सरकार रहेको छ । नेतान्याहूले बिहीबार फक्स न्युजसँगको कुराकानीमा आफूहरूले सम्पूर्ण गाजामाथि नियन्त्रण चाहेको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण