विगतमा भएका कमजोरी दोहोरिन नदिन सरकार सचेत छ : सिंह
शुक्रबार, २३ साउन २०८२, ११ : ४४
सारांश
- कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले नयाँ संसद् भवन निर्माणमा ढिलाइ भएकोमा चिन्ता व्यक्त गरे।
- उनले समयमै काम सक्न मन्त्रालय, इन्जिनियर र आयोजना प्रमुखलाई निर्देशन दिएका छन्।
- सिंहले विगतका कमी कमजोरीलाई सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे।
काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नयाँ संसद् भवन निर्माणमा कार्यतालिकाअनुसार कार्यप्रगति हुन नसकेकोबारे सरकारले विशेष ध्यान दिइरहेको बताएका छन् ।
आज सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन तथा मूल्याङ्कन समितिको बैठकमा बोल्दै उनले नयाँ संसद् भवनको काम समयमै नसकिएकोबारे सबै जानकार रहेको बताए । तर सरकारले विगतका कमी, कमजोरीहरूलाई नियालेर उक्त कमजोरी अव दोहोरिन नदिने गरी काम गरेको उनको भनाइ छ।
उनले काम समयमै सक्नका लागि मन्त्रालयदेखि सम्बन्धित इन्जिनियर, महानिर्देशक र आयोजना प्रमुखलाई समेत बोलाएर निर्देशन दिइसकेको बताए । ।
कार्यवाहक प्रधानमन्त्री सिंहले भएका कमी कमजोरी सुधार गर्ने प्रतिबद्धता पनि जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण