रसुवाको बाढीमा बेपत्ता प्रहरी जवानको कुशको शव बनाएर दाहसंस्कार
सारांश
- बाराका प्रहरी जवान मुन्ना ठाकुर रसुवामा आएको बाढीमा बेपत्ता भएपछि उनको कुशको शव बनाएर अन्त्येष्टि गरियो।
- लेहेंदे खोला र भोटेकोशी खोलाको संगमस्थलमा ड्युटीमा खटिएका बेला ठाकुर बाढीमा बेपत्ता भएका थिए।
- एक महिनासम्म खोजी गर्दा पनि अवस्था अज्ञात रहेपछि परिवारले हिन्दु परम्पराअनुसार अन्त्येष्टि गरे।
रौतहट । बारा जिल्लाको फेटा गाउँपालिका-१ भलुहीका प्रहरी जवान मुन्ना ठाकुर गत असार २४ गते रसुवामा आएको बाढीपछि बेपत्ता भएका थिए।
एक महिनासम्म खोजी गर्दा पनि उनको अवस्था अज्ञात नै रहँदा परिवारजन र आफन्तहरूले उनलाई मृत घोषित गर्दै कुशको शव बनाएर शुक्रवार दाहसंस्कार गरेका छन्।
प्रहरी जवान ठाकुर रसुवास्थित नेपाल–चीन सीमाको ल्हेन्दे खोला र भोटेकोशी खोलाको संगमस्थलमा ड्युटीमा खटिएका बेला आएको भीषण बाढीमा बेपत्ता भएका थिए। उक्त बाढीले सीमावर्ती क्षेत्रमा ठुलो क्षति पुर्याएको थियो भने केही प्रहरीका संरचनाहरू समेत बगाएको बताइएको छ।
ठाकुरका आफन्तजनले खोजीको प्रयास नरोके पनि एक महिनासम्म कुनै जानकारी नआएपछि हिन्दु परम्पराअनुसार कुशको प्रतीकात्मक शव बनाएर अन्त्येष्टि गरेका हुन्। परम्पराअनुसार यस्तो अवस्थामा जब शव फेला पर्दैन, तब कुशबाट निर्मित पुत्लालाई शवको रूपमा मानिन्छ र त्यसको अन्त्येष्टि गरिन्छ।
यस घटनाले राज्यको उद्धार प्रणालीप्रति पनि प्रश्न उठाएको छ। प्राकृतिक विपत्तिमा हराउने सुरक्षाकर्मीहरूकै अवस्थाबारे समयमै पुष्टि वा जानकारी दिन नसक्नु गम्भीर चुनौती हो। मृतक जवान ठाकुरको परिवार अझै पनि छोराको प्रतीक्षामा रहेको तर सामाजिक एवं धार्मिक दायित्व पूर्तिका लागि बाध्य भएर अन्त्येष्टि गर्नुपरेको उनीहरू बताउँछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल र हैटीबिचको खेल सुरु, दुबै टोली पहिलो जितको खोजीमा
-
कोशी प्रदेशबाट नेपाल प्रवेश गर्यो मनसुन, आज कहाँ-कहाँ हुन्छ वर्षा ?
-
मोरक्कोको जितले समीकरण फेरियो, स्कटल्याण्डलाई इतिहास रच्न अन्तिम खेल कुर्नुपर्ने
-
महाधिवेशनको पूर्वसन्ध्यामा चितवनमा रास्वपाको केन्द्रीय समिति बैठक बस्दै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज कृषि तथा वन विज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण